Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ


बेथानचोक, काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामाले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनु पर्ने बताएका छन् ।

शनिबार बेथानचोक गाउँपालिकाको वडा नं. ६ भुग्देउमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा निर्मित वृहत एक घर एक धारा आयोजना अन्तर्गत महांकालचौर खानेपानी तथा सरसफाई एवं थिङछाप खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने उल्लेख गरे ।

मौलिक हकको रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेकोले जनतालाई निरन्तर, पर्याप्त, स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने कुराको सुनिश्चता गर्न संघ, प्रदेश र स्थानीयतह जिम्मेवार हुनु पर्ने मन्त्री लामाकाे भनाइ छ । यही जिम्मेवारीलाई आत्मसात गर्दै जनताले आफूहरुलाई काम गर्न पठाएकोले प्रत्येक भोटलाई जनादेश सम्झिएर कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

खानेपानी तथा सरसफाइ सम्बन्धि नीति अनुरुप पानीको अधिकारलाई प्रभावकारी रुपमा सम्पन्न गर्न खानेपानीका संरचना एक पटक बनाएर मात्र नहुने भन्दै उनले दीर्घकालिन योजना बनाएर अघि बढ्न समुदायलाई आग्रह गरे । ‘स्वच्छ र गुणस्तरीय खानेपानीका लागि म तपाईहरुसँगै हुनेछु’  उनले भने ।

आफूले बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मवारी संहालेसँगै काभ्रेमा सिंचाई, खानेपानी, बाटो लगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको स्मरण गर्दै उनले जनताको सेवा गर्न अनुमोदन गरिदिनुहुने मतदाताहरुलाई धन्यवाद दिए । खानेपानीसँग सम्बन्ध राख्ने नीति, यसका योजना तथा कार्यक्रमको तर्जुमा, सुक्ष्म कार्यान्वयन, अनुगमन, नियमन र मूल्यांकन, स्वच्छता सम्बन्धी अवधारणा समेत खानेपानी र सरसफाइको अभिन्न अंग भएकोले जिम्मेवार ढंगले लागि पर्न गाउँपालिकालाई आग्रहसमेत गरे ।

कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले खानेपानी क्षेत्रमा राष्ट्रिय नीतिका रूपमा अघि सारिएकोे ‘एक घर एक धारा नीति’ नारा अनुसार काम गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए । उनले यस्ता कार्यक्रमले समुदायलाई समृद्धितिर लैजाने निश्चित भएकोले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताए ।

विकास भनेको बाटो मात्र होइन भन्दै उनले हासिल उपलब्धीको दिगोपना सुनिश्चितता, पूर्ण सरसफाइ अवस्थाको श्रृजना जस्ता जनजीविकाका सवालहरुलाई पनि न्यायोचित सम्वोधन गर्ने तर्फ प्रयास गर्नु आवश्यक रहेकोमा जाेड दिए । स्वस्थ आनीबानी व्यवहारमा लागू गर्न लगानी आवश्यक रहेको बताए । अध्यक्ष अधिकारीले साझेदार संस्था नेवालाई समयमै आयोजना सम्पन्न गरेकोमा धन्यवाद दिए ।

बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले आयोजनाका लागि क्रियाशील सबैलाई धन्यवाद दिए । गाउँपालिका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आफू अध्यक्ष हुँदा देखेको सपना र शुभारम्भ गरिएका अभियानले मुर्तरुप पाएकोमा प्रसंन्नता व्यक्त गर्दै बेथानचोकमा खानेपानीका लागि समस्या छैन भन्ने सन्देश दिन सक्ने वातावरण बन्दै गएकोमा सरोकारवाला सबैको प्रशंसा गरे ।

कार्यक्रममा महांकाल चौर खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले आयोजना समयमै सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट साथ, सहयोग समर्थन गर्नु हुने सबैलाई धन्यवाद दिए । उनले खानेपानी आयोजनाको दीगोपना, कुशल व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण गराई पाउँ भनी मन्त्री लामा समक्ष माग पत्र पनि प्रस्तुत गरे ।

भुग्देउमा महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्तासँगको साझेदारीमा सञ्चालित परियोजनाबाट भुग्देउका घर, विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालय गरि करिब ५ सय घरधुरीमा खानेपानी पुगेको छ ।

परियोजनाबाट महांकालचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट ३२० घरधुरी र ३ वटा विद्यालयबाट १ हजार ७ सय ७९ र थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट १७२ घरधुरी, ३ वटा विद्यालय, १ वटा स्वास्थ्य र वडा कार्यालयबाट १ हजार २५ जना लाभान्वित भएका छन् ।

उक्त आयोजना अन्तर्गत १ करोड ७५ लाख ४७ हजार २२० रुपैंयाको कुल लागतमा दुई वटा मुहान तथा संरचना तयार भएको महांकाल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए । उनले अनुसार, नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपैंया, बेथानचोक गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपैंया, जनश्रमदानबाट २२ लाख ३८ हजार ९६७ रुपैंया, र समुदाय स्तरबाट २१ लाख ६४ हजार ५८० रुपैंयाको सहयोगमा दुई वटा मुहान तथा संरचनाहरु तयार भएका हुन् ।

त्यस्तै १ करोडा ११ लाख १३ हजार ७३४ रुपैंयाको कुल लागतमा खानेपानीको मुहान संरचना तयार भएको थिङछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिर्थ बहादुर लामाले जानकारी दिए । उनका अनुसार, नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपैंया, बेथानचोक गाउपालिकाबाट २१ लख ९७ हजार ६९९ रुपैंया, जनश्रमदानबाट १० लाख ७९ हजार ९५६ रुपैंया र समुदाय स्तरबाट १२ लाख १६ हजार ७१४ रुपैंयाको सहयोगमा संरचनाहरु तयार भएका छन् ।

कार्यक्रममा बेथानचोक गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष मधुसुदन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, ३ का अध्यक्ष कुवेर ढकाल, विभिन्न वडाका सदस्य, आयोजना क्षेत्र भित्रका विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, दुवै खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


Read Previous

३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै

Read Next

सुशासनकाे अभावले अर्थ व्यवस्थामा देखिएकाे संकट र निराकरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *