Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

३१ सय मेगावाटका विद्युत आयोजना निर्माणाधीन,७ दर्जन बढी लक्ष्यभन्दा ढिलाे चल्दै


काठमाडौं । देशभरका विभिन्न जिल्लामा ३१ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन छन् । प्रत्यक्ष वैदेशिक लगानीको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनासहित १२६ विद्युत आयोजना अहिले निर्माण भइरहेका हुन् ।
निर्माणाधीन मध्ये बढी जलविद्युत आयोजना छन् । केही सौर्य विद्युत आयोजना पनि निर्माणको चरणमा छन् ।

निर्माणाधीन मध्ये ७ दर्जन बढी विद्युत आयोजना विविध कारणले तोकिएको लक्ष्यभन्दा ढिला भइसकेका छन् । भूकम्प, नाकाबन्दी,बाढी, पहिरो र कोभिड–१९ महामारीले प्रभावित हुँदा यी आयोजना लक्ष्य अनुसार सम्पन्न हुन नसक्दा विद्युत उत्पादनमा पनि ढिलाइ भइरहेको छ ।

१.६ मेगावाटको तिनाउ खोला, १.७५ मेगावाटको जुम्दी खोला, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ ४० मेगावाटको खानीखोला–१ को विद्युत उत्पादन तालिका पटक पटक थपिँदा पनि सम्पन्न हुन नसकेको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागले जनाएको छ ।

चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनी मार्फत निर्माण गरिरहेका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ५२.५ मेगावाटको सान्जेन गरी ४ जलविद्युत आयोजना अहिले निर्माणाधीन छन् । सन् २०१४ बाट निर्माणमा गएका यी आयोजना पहिले नै निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि विविध कारणले ढिलाइ हुन पुगेका हुन् ।

यी मध्ये १४.८ मेगावाटको माथिल्लो सान्जेनको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको छ । आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नभइसकेको अवस्थामा वैकल्पिक लाइनमार्फत विद्युत प्रणालीमा जोड्ने तयारी भइरहेको छ ।

रसुवागढीले पनि प्रसारण लाइनको समस्या झेलिरहेको छ । आयोजनाको विद्युत प्रवाह हुने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सम्पन्न भइनसकेका कारण रसुवागढीको विद्युत उत्पादन तालिका प्रभावित हुँदै आएको छ । मध्य भोटेकोसी निर्माणको अन्तिम चरणमा छ । यो आयोजना पनि विविध समस्या झेल्दै निर्माणको अन्तिम चरणमा आइपुगेको हो । विद्युत जाेडिने बाह्रबिसे सबस्टेसन सम्पन्न भइनसकेकाे हुँदा समस्या भइरहेकाे छ ।

यस्तै, सानिमा समूहको लगानी रहेको १४.३ मेगावाटको माथिल्लो मैलुङ निर्माण पूरा हुने चरणमा छ । पहिले नै प्रसारण प्रणालीमा जोडिनु पर्ने ३ मेगावाटको गेलुन खोला अझै सम्म सम्पन्न हुन सकेको छैन । यो आयोजना सञ्चानमा नआउँदै जीर्ण अवस्थामा पुगेको छ । सानिमा समूहकै लगानीकाे ७३ मेगावाटकाे मध्य तमाेर ताप्लेजुङमा निर्माणाधीन छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना पनि लक्ष्यभन्दा ढिलो भइसकेको छ । ‘सुपर सिक्स’ अन्तर्गतको यो आयोजना निर्माणकै क्रममा लगानीकर्ता फेरिएपछि अहिलेसम्म सम्पन्न हुन नसकेको हो । सुपर सिक्स अन्तर्गतकै २४ मेगावाटको खारे खोला समेत सम्पन्न भइसकेको छैन ।

यसैगरी, ११ मेगावाटको माथिल्लो तादी, ३० मेगावाटको खानी खोला, २.५ मेगावाटको सलांखु खोला, २२.१४ मेगावाटको बलेफी ‘ए’ ४.८ मेगावाटको खोरुङ्गा खोला, ६.५ मेगावाटको रावा खोला, १३.७ मेगावाटको फलाखु खोला, ३३.४ मेगावाटको लिखु–२ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

यस्तै, १४० मेगावाटको तनहुँ जलाशय, ३८ मेगावाटको माथिल्लो आँखुखोला, १२ मेगावाटको सुपर काबेली, १३.५ मेगावाटको सुपर काबेली ‘ए’ ४० मेगावाटको भोटेकोसी–१ २१ मेगावाटको पालुङ खोला, १९.४१ को मध्य त्रिशूली गंगा लगायत आयोजना अहिले निर्माणाधीन छन् ।

निर्माणाधीन मध्ये आधाभन्दा बढी आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । भर्खरै निर्माण सुरु भएका आयोजनाबाट पनि अबको ३ वर्षभित्र सम्पन्न भई विद्युत उत्पादन गर्न सकिने प्राधिकरणले जनाएको छ ।


Read Previous

मध्यभोटेकोशीकाे निर्माण अन्तिम चरणमा पुगेपछि बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्नु पर्ने दवाबमा प्राधिकरण

Read Next

महांकालचौर खानेपानी याेजनामार्फत ५ सय घरधुरी लाभान्वित, स्वच्छ खानेपानीको पहुँच सबैमा पुग्नुपर्ने मन्त्री लामाकाे भनाइ

Leave a Reply

Your email address will not be published.