Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भेरी नदीमा पुल निर्माणमा ढिलाइ   


जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत बैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । पुल निर्माण गर्दा पुलमा भएको क्षतिको यकिन भई सडक विभागले उक्त क्षति भएको पुलको सामग्री दिन तयार भइसकेको अवस्था छ ।

पुल निर्माण गर्न बाँकी रहेको सामग्री लिनका लागि निर्माण व्यवसायी (छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का निर्माण व्यवसायी भएको) हिम सगरमाथा/खड्का कृष्ण जेभी प्रतिनिधि बुिद्धबहादुुर खत्रीले आलटाल गरेको भेरी करिडोर आयोजनाका प्रमुख सुजन अधिकारीले आरोप लगाए ।

निर्माण व्यवसायी खत्रीले आफूले अहिलेसम्म काम गरेको भुक्तानी नै नपाएको बताए । निर्माण व्यवसायीले बैंक ग्यारेन्टी र बीमाको काम नगर्दा समस्या भएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ । सडक आयोजना र निर्माण व्यवसायीबीचको बिबादले पुल निर्माणमा समस्या हुँदै आएको छ । पुलको सामग्री धनगढी र नेपालगन्जमध्ये एउटा ठाउँमा रहेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए ।

सडक डिभिजन चौरजहारीले उक्त ठेक्का खोलेको थियो । यो आर्थिक वर्षभित्र निर्माण गर्ने भन्दै ठेक्काको थपिएको म्यादसमेत समाप्त भइसकेको छ । भत्किएको बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको थियो । समितको प्रतिवेदन सार्वजनिक गरिएको छैन । प्रतिवेदनबारे आफूलाई जानकारी नभएको आयोजनाका प्रमुख अधिकारीले बताए ।

पुलका कारण डोल्पामा सिधा यातायात सेवासमेत बन्द भएको छ । अस्थायीरूपमा पाइप राखेर आवतजावत गर्न बनाएको सामग्रीसमेत भेरी नदीले बगाएको छ । उक्त सामग्री बगाएसँगै सबै सवारीसाधन भेरी नदीको दुवै किनारतर्फ थन्किएका छन् ।  २०७८ पुस १६ गते ३ करोड ८५ लाख रुपैयाँ लागतमा काम सुरु भएको थियो । पुलको पहिलो म्याद २०७९ असार १५ गते सकिएको थियो ।
थपिएको म्यादमा समेत पुल निर्माण नहुँदा डोल्पा, जाजरकोट र रुकुमपश्चिमको यातायात सेवा प्रभावित भएको छ । कार्यालय र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप लगाउँदा पुल निर्माणको म्याद लम्बिएको छ । भेरी करिडोर सडकभित्र पर्ने जाजरकोट सदरमुकामबाट पुल निर्माणस्थल तल्लुसम्म ५६ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।


Read Previous

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

Read Next

इप्पानमा आबद्ध महिला उद्यमीसँग ‘फुलब्राइट’ र ‘हमफ्रे’ स्कोलरशिपबारे छलफल

Leave a Reply

Your email address will not be published.