
काठमाडौं। सरकारले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको छ ।
त्यस्तै, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २०८१ साउन ६ गते बसेको बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोख्रेलका अनुसार भूमि सुधार तथा व्यवस्था मन्त्रालयको प्रस्तावअनुसार उक्त नियुक्ति गरेको हो ।

