Nepal Purbadhar

पोखरा र गौतम बुद्ध विमानस्थलमा हवाई उडान गर्दा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्कमा छुट


काठमाडौं। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ ।

निर्णयअनुसार २०८५ भदौ मसान्तसम्म यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट हुनेछ ।

त्यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। सरकारले यी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न तथा विमान कम्पनीलाई आकर्षित गर्न शुल्क छुटको व्यवस्था गरेको सरकारका प्रवक्ता सस्मित पोख्रेलले जानकारी दिए।


Read Previous

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क पूर्ण रूपमा छुट

Read Next

विशेष र श्रम अदालतको अध्यक्ष तोकियो,गुठी संस्थानको प्रशासकमा कुँवर नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar