Nepal Purbadhar

प्रधानमन्त्री सामु निरिह अर्थमन्त्री, कर हटाउने निर्णयकालागि आफैले गरे मन्त्रिपरिषद्मा पेस


काठमाडौँ । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने निर्णयका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आफैले मन्त्रिपरिषद्मा पेस गरेका छन् ।

वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको परामर्शपछि बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रको समता शुल्क खारेज गर्ने निर्णय गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । शुल्क लागू भएपछि चौतर्फी विरोध सुरू भएको थियो जसको कारण सरकारले यसलाई हटाउने विषयमा छलफल अघि बढाएको थियो ।

यसै विषयमा सोमबार प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबिच लामो छलफल भएको थियो । त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत उक्त शुल्क हटाउने प्रक्रिया अघि बढाइने घोषणा गरेका थिए ।

आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को उपदफा (१) बमोजिम पूर्ण रूपमा छुट दिने मन्त्रिस्तरीय निर्णय मन्त्रिपरिषद्मा पेस गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको ३ प्रतिशत समता शुल्क औपचारिक रूपमा हट्नेछ ।


Read Previous

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक नेपालीको थाप्लोमा १ लाख २ हजार ऋण

Read Next

मन्त्रिपरिषद्का निर्णय: मिटरब्याजका फर्जी लिखत अवैधदेखि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर खारेजसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar