Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कानूनी व्यवस्था गरिने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रका लागि पनि विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ । अर्थमन्त्री प्रशाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष (२०८०/८१) को बजेट प्रस्तुत गर्दै निजी क्षेत्रलाई विद्युत व्यापार गर्न अनुमति दिन कानूनी व्यवस्था गरिने बताए ।

उनले देशमा जलविद्युत उत्पादन बढ्दै गएकाले यसलाई निर्यात गरी महत्त्वपूर्ण आयको स्रोतकोरूपमा विकास गर्नका लागि पनि निजी क्षेत्रका लागि विद्युत व्यापारमा आउन कानूनी व्यवस्था गरिने बताए ।

सरकारले बजेटमार्फत निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि ढोका खुल्ला गर्न कानूनी व्यवस्था गर्ने घोषणा गर्र्नु स्वागयोग्य भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का उपाध्यक्ष मोहन डाँगीले प्रतिकृया दिएका छन् ।

उनले निजी क्षेत्रले लामो समयदेखि विद्युत व्यापारको अनुमति मागिरहेकोमा बजेटमा यो विषय सम्बोधन भएर आउनु ऊर्जा उत्पादक एवं विद्युत व्यापारमा आउन तयारी गरिरहेकाहरूलाई उत्साहित बनाएको बताए ।

उनले कानूनी व्यवस्था गरी निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिँदा बर्खामा खेर जाने अवस्थाको विद्युतको पनि उचित व्यवस्थापन निजी क्षेत्रले गर्न सक्ने बताए ।


Read Previous

आगामी आवमा १८ हजार ४ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने

Read Next

सूचना तथा प्रविधि मन्त्रालयको बजेट ०.४९ प्रतिशत मात्र

Leave a Reply

Your email address will not be published.