Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयका मूख्य परियोजनाको प्रगति


काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेका प्रमुख परियाेजनाकाे  प्रगति विवरण सार्वजनिक गरेकाे छ । यस प्रगति विवरणामा फागुनसम्मकाे मात्र प्रगति समेटिएकाे छ ।

मध्यपहाडी (पुष्पलाल) राजमार्ग

मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १८७९ किलोमिटर मध्ये २०७९ असारसम्म १,२५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भई १,३०१ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ।

हुलाकी राजमार्ग

हुलाकी राजमार्गको कुल लम्बाइ १,८५७ किलोमिटर मध्ये २०७९ असारसम्म ८९१ किलोमिटर (लिङ्क सडक सहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भई २०७९ फागुनसम्म ९२७.५ किलोमिटर पुगेको छ। लोकमार्गका २५० पुलमध्ये २०७९९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म यस्तो संख्या १२२ पुगेको छ।

उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर

उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्वाई ४४७ किलोमिटरको गैडाकोट-राम्दी-मालढुङ्गा खण्डको २४५ किलोमिटर खण्डमध्ये २०७९ फागुनसम्म १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ। यस कोरिडोर अन्तर्गत २०७९ फागुनसम्म मालढुंगा-बेनी-जोमसोम-कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २८ किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो।

कर्णाली कोरिडोर

कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म ३.५ किलोमिटर थप ट्रयाक निर्माण भई हालसम्म २६०.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ।

कोशी कोरिडोर

कोशी कोरिडोरको कुल लम्बाइ १६२ किलोमिटर मध्ये २०७९ फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भई हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने १० पुलको निर्माण सम्पन्न भएको छ।

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना

काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत २०७९ फागुनसम्म महादेवटार सुरुङ्गमार्गको ३,३५५ मिटर मध्ये ६७६.६५ मिटर, धेद्रे शुरुङ्गमार्गको १,६३० मिटर मध्ये ३५४.५५ मिटर र लेनडाँडा सुरुङ्गमार्गको १,४३० मिटर मध्ये २६८.१५ मिटर शुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्गको कुल लम्बाइ १,३९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७४० किलोमिटर मध्ये २०७९ फागुनसम्म २६५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस राजमार्गमा पर्ने १८५ पुलमध्ये ९९ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २५९ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको थियो।

गल्छी-त्रिशुली-मैलुङ्ग-स्याफ्रुवेशी-रसुवागढी सडक

गल्छी-त्रिशुली-मैलुङ्ग-स्याफ्रुवेशी-रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म ३३.५ किलोमिटर सडकको दुई लेन कालोपत्रे (अस्फाल्ट) गर्ने कार्य र १३ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म कालोपत्रे सडक (अस्फाल्ट) २७.३२ किलोमिटर र ११ पुलको निर्माण भएको थियो।

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्य अन्तर्गत नारायणघाट-बुटवल सडकको ११३ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म २ किलोमिटर सडक कालोपत्रे भएको छ। साथै, ३ प्रमुख पुल र २८ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

मुग्लिन-पोखरा सडक

मुग्लिन-पोखरा सडकको आबुखैरेनीदेखि पोखरासम्मको ८०.३३ किलोमिटर खण्ड अन्तर्गत २०७९ फागुनसम्म ७ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

नागढुङ्गा शुरुङमार्ग

त्रिभुवन राजमार्गको नागढुङ्गा सुरुङमार्ग अन्तर्गत कुल ५,४९९ मिटर (मुख्य र आपतकालिन) मध्ये २०७९ फागुनसम्म ४,२७५.४५ मिटर सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ। त्यसैगरी, यस अवधिसम्म ९७७.७ मिटर सुरुङ्गमा कंक्रिट लाईनिङ्ग गर्ने कार्य समेत सम्पन्न भएको छ। सुरुङ्गमार्ग अन्तर्गत पर्ने ३ अन्डरपास, ४ कल्भर्ट, १ ओभरपास र ३ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म ३,११५ मिटर सुरुङ्ग खन्ने कार्य सम्पन्न भएको थियो।


Read Previous

चालु आर्थिक वर्षको फागुनसम्ममा १०५ किलामिटर राजमार्ग कालोपत्रे, २८२ पुल निर्माण

Read Next

आव २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *