
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन तयारीसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार ७७ जिल्ला र सातै प्रदेशमा जेठ १५ गतेसम्म निर्वाचन समिति गठन गरिनेछ। त्यस्तै जेठ २० गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यतालिका तय गरिएको छ।
रास्वपाले जिल्ला अधिवेशन तथा निर्वाचनसम्बन्धी प्रतिवेदन जेठ ३० गतेसम्म पेस गर्नुपर्ने जनाएको छ। साथै महाधिवेशन प्रतिनिधिको नामावली जेठ २५ गतेसम्म बुझाउनुपर्नेछ।
प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण असार ५ गतेसम्म केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने तालिकामा उल्लेख गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङ ले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार ५ गतेभित्र इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे पनि छलफल गरिनेछ।


