Nepal Purbadhar

फिर्केखोलामा डोजर लगाउँदा जे देखियो (तस्बीरमा हेर्नुहोस्)


पोखरा । पोखरा महानगरपालिका ले दिएको ३५ दिने अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण गरेर बनाइएका संरचनामा आइतबारदेखि डोजर चलाएको छ।

खोला क्षेत्र खाली गराउने अभियान सुरु भएसँगै खोलामाथि बनाइएका पर्खाल, टहरा, व्यवसायिक संरचना तथा अन्य अवैध निर्माणहरू हटाउन थालिएको छ। डोजर चलाएपछि वर्षौंदेखि साँघुरिँदै गएको फिर्केखोलाको वास्तविक बहाव क्षेत्रसमेत देखिन थालेको स्थानीयले बताएका छन्।

महानगरका अनुसार वर्षायाममा बाढी र डुबानको जोखिम बढ्दै गएपछि खोला संरक्षण तथा प्राकृतिक बहाव कायम राख्न अभियान सञ्चालन गरिएको हो।

अभियानमा एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्य स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।

महानगरले फिर्केखोलाको खोलाघर मिचेर बनाइएका संरचना हटाउने काम चरणबद्ध रूपमा अगाडि बढाइने जनाएको छ।

तस्बिर : अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी


Read Previous

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन सरकारको तयारी : मन्त्री यादव

Read Next

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशन कार्यतालिका, जेठ २५ सम्म प्रतिनिधिको नाम पेस गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar