
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट करका दर घटाउने घोषणा गरेको छ।
राष्ट्रपति राम चन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करको दायरा विस्तार गर्दै दर घटाइने बताएका हुन्।
सरकारले कर प्रणालीलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउने नीति लिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ।
