Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

चालु आर्थिक वर्षको फागुनसम्ममा १०५ किलामिटर राजमार्ग कालोपत्रे, २८२ पुल निर्माण


काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। साथै,८२५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ। यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो। साथै, ७,८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो। सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो।

त्यस्तै, पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास-निजगढ खण्डमा २०७९ असारसम्म ५२.५  किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४.५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको छ।


Read Previous

तल्लो अरुणबाट २१ प्रतिशत निःशुल्क ऊर्जा र ०.९ प्रतिशत थप नगद रोयल्टी पाउने गरी पीडीए सम्झाैताकाे तयारी

Read Next

यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयका मूख्य परियोजनाको प्रगति

Leave a Reply

Your email address will not be published.