Nepal Purbadhar

बाजुरा–हुम्ला सीमा विवाद: अध्ययन गर्न डंगोलको संयोजकत्वमा समिति गठन, प्राविधिक अध्ययन गर्ने जिम्मा


काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।

नापी विभाग का उपमहानिर्देशक सुशिल डंगोल को संयोजकत्वमा समिति गठन गरिएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल को अध्यक्षतामा जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयका साथै कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतको सहभागिता रहेको थियो।

त्यस्तै भूमि मन्त्रालयका उपसचिव भीम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी तथा नापी अधिकृत ज्योति ढकाल पनि बैठकमा सहभागी थिए। बैठकमा सीमा सम्बन्धी विषयमा विस्तृत छलफलपछि समिति गठन गर्ने निष्कर्ष निकालिएको जनाइएको छ।


Read Previous

अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, होर्मुज जलडमरू खोल्ने तयारी

Read Next

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन सरकारको तयारी : मन्त्री यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar