काठमाडाैं । एमसिए–नेपालले साेमबार २०८० साल जेठ ८ गते प्रसारण लाइन निर्माणका लागि परेका बोलपत्र खोलेको छ। निर्धारित समयसीमाभित्र प्राप्त छ वटा बोलपत्र विभिन्न निर्माण कम्पनीका प्रतिनिधीकाे उपस्थितिमा खोलिएको हाे।
प्रसारण लाइन निर्माणका लागि मेघा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इण्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट बोलपत्रहरू प्राप्त भएकाे एमसिए–नेपालले जानकारी दिएकाे छ ।
एमसिए–नेपालले चाडै नै बाेलपत्रकाे नतिजा सार्वजनिक गर्ने जानकारी दिएकाे छ ।