Nepal Purbadhar

एमसीसी सहयाेगकाे प्रसारण लाइन निर्माणका लागि ६ कम्पनी प्रतिस्पर्धामा


काठमाडाैं । एमसिए–नेपालले साेमबार २०८० साल जेठ ८ गते प्रसारण लाइन निर्माणका लागि परेका बोलपत्र खोलेको छ। निर्धारित समयसीमाभित्र प्राप्त छ वटा बोलपत्र विभिन्न निर्माण कम्पनीका प्रतिनिधीकाे उपस्थितिमा खोलिएको हाे।

प्रसारण लाइन निर्माणका लागि मेघा इञ्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडको संयुक्त, कल्पतरु पावर ट्रान्समिसन लिमिटेड, केईसी इण्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट बोलपत्रहरू प्राप्त भएकाे  एमसिए–नेपालले  जानकारी दिएकाे छ ।

एमसिए–नेपालले चाडै नै बाेलपत्रकाे नतिजा सार्वजनिक गर्ने जानकारी दिएकाे छ ।


Read Previous

अर्थ मन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

Read Next

बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार बढी मुद्दा दर्ता