Nepal Purbadhar

सुन्धारा सेक्यूरिटीजकाे दोस्रो शाखा जितपुर सिमरामा


काठमाडाैं । ब्रोकर नम्बर ५२, सुन्धारा सेक्यूरिटीजले आफ्नो दोस्रो शाखा खोलेको छ। सेक्यूरिटीजले जितपुर सिमरा उपमहानगरपालिका २, एयरपोर्ट रोड सिमरामा शाखा खोलेको हो।

उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा र सुन्धारा सेक्यूरिटीजका अध्यक्ष बद्री गोविन्द श्रेष्ठले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका छन्। शाखाले शेयर कारोबार तथा निक्षेप सदस्य सेवा प्रदान गर्नेछ।

सेक्यूरिटीजले विगत १२व र्षदेखि काठमाडौँको सुन्धारास्थित प्रधान कार्यालय र लमजुङ्ग बेशिसहरको शाखा कार्यालयबाट शेयर खरिदबिक्री तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।


Read Previous

बजेट निर्माणमा दुई पूर्वअर्थमन्त्रीको सुझाव

Read Next

मर्स्याङ्दी जलविद्युतकाे विद्युत उत्पादन घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar