Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

विद्युत प्राधिकरणमा चुनावी सरगर्मी, कर्मचारी ट्रेड युनियनहरू प्रचार प्रसारमा


काठमाडौं । देशकै सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूलाई यतिबेला चुनाव लागेको छ । प्राधिकरणकाे आधिकारीक  ट्रेड युनियनकाे निर्वाचनका लागि प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू नेतृत्व लिनका लागि प्रचार प्रसारमा लागेका हुन् ।

यही बैशाख २८ गते हुने निर्वाचनका लागि ४ वटा ट्रेड युनियनका अगुवाहरू प्राधिकरणका देशभरका कार्यालयहरूमा पुगेर आफ्नो पक्षमा मत पार्नका लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिताका लागि निर्वाचन हुन लागेको हो । याे आधिकारिता २ वर्षका लागि  हुनेछ ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन निर्वाचन–२०८० निर्वाचनका लागि देशभरका ८ हजार ५ सय बढी कर्मचारीले मतदान गर्नेछन् । नेपालका ४४ वटा सार्वजनिक संस्थानमध्ये हाल ४२ वटा संस्थान सञ्चालनमा रहेका छन् । त्यसमध्येको सबैभन्दा ठूलो संस्था विद्युत प्राधिकरण हो ।

जनताको आवश्यकता पूरा गर्न तथा रोजगारी सिर्जना गर्न र देशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको प्राधिकरणको गतिविधिलाई थप प्रभावकारी तुल्याउनका लागि आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदै आएको छ । सतप्रतिशत नेपाल सरकारको स्वमित्व रहेको प्राधिकरणले हरेक नागरिकको घरमा उज्यालो मात्र पुर्याएको छैन, देशको समृद्धिमा योगदान समेत गर्दै आएको छ ।

राष्ट्रिय कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष माधव अधिकारीले संस्थाको गर्विलो इतिहासलाई अझ उजिल्याउने कार्यमा योगदान पुर्याउने उद्देश्यका साथ आफूहरु निर्वाचितमा होमिएको बताए । उनले प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनबीच हुने प्रतिस्पर्धामा राष्ट्रिय कर्मचारी युनियन अग्रस्थानमा रहेको दाबी गरे ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन यसअघि २०७६ सालमा भएको थियो । त्यो बेलाको निर्वाचन राष्ट्रिय कर्मचारी युनियनले जितेको थियो । प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन कोभिड–१९ महामारी र आम निर्वाचनका कारण पछि सरेको थियो । निर्वाचित ट्रेड युनियनको प्रतिनिधि प्राधिकरणको सर्वोच्च कार्यकारी निकाय सञ्चालक समितिमा आमन्त्रित सदस्यका रुपमा रहन पाउने कानुनी व्यवस्था रहेको छ ।

राष्ट्रिय कर्मचारी युनियनले आधिकारीता प्राप्त गरेसँगै कर्मचारीको सेवा सुविधा बृद्धि गर्नेमात्र नभइ संस्थाको समृद्धिको योजना पेश गर्ने र आम ग्राहकहरूले पनि गुणस्तरीय सेवा सुनिश्चितताका लागि काम गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । “सहज सेवा, स्वच्छ विचार जस्ता कार्यक्रम सञ्चालन गरेर हरेक कार्यालयमा एकद्वार प्रणाली लागु गरेका छौं । ग्राहकलाई खानेपानी, फोटोकमी र टेलिभिजनको व्यवस्था कायम गरियो । कार्यालय सफा र स्वच्छ राख्ने एवं प्रतिक्षालय राख्नेजस्त महत्वपूर्ण रचनात्मक कार्य गरेका छौँ ,”उनले भने ।

प्राधिकरणले नेपाल सरकारबाट पाउनुपर्ने विभिन्न रकम नपाएको अवस्थामा खबरदारी गरेर त्यस्ता रकम उपलब्ध गराउन राष्ट्रिय कर्मचारी युनियनले गरेको उनकाे भनाइ छ । चुहावट नियन्त्रण, डिजीटल कार्यक्रमजस्ता महत्वपूर्ण कार्यक्रम लागू गर्न आफूहरूले निरन्तर पहल गरेको उपाध्यक्ष अधिकारीले बताए ।

कर्मचारीका हकहित, सेवा सुविधाका लागि निरन्तर आवाज उठाउन इमान्दारीपूर्वक काम गरेकै कारण आगामी दिनमा पनि राष्ट्रिय कर्मचारी युनियन नै निर्वाचित हुने उनले विश्वास व्यक्त गरे । त्यसैगरी, कर्मचारी सङ्घका अध्यक्ष जनार्दन भट्टराईले संस्थाको स्थायित्व र कर्मचारीको सेवा सुविधाका विकासको एजेण्डा लिएर आधिकारीक ट्रेड युनियनको निर्वाचनमा आफूहरु लागेको बताए ।

विद्युत प्राधिकरणमा स्थायी, अस्थायी र ज्यालादारी गरेर एक हजार ४०० कर्मचारी रहेका छन् । यद्यपी प्राधिकरणको स्थायी ११ हजार दरबन्दी रहेको छ । एक तहदेखि ९ तहसम्मका कर्मचारीले मतदान गर्न पाउँछन् । कार्यालय प्रमुख, बजेट केन्द्र प्रमुख र १० तहदेखिका कर्मचारीले भोट हाल्न पाउँदैन ।


Read Previous

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

Read Next

सिंहदरबारको फोहर व्यवस्थापन यसरी गर्न सकिन्छ

Leave a Reply

Your email address will not be published.