Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती


राँझा । चार लेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् ।

विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा १ हजार ८ सय मिटर र बर्दियाको गुलरियामा २ हजार २ सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड  रूपैयाँको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब  १८ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ ।

चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए ।

उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे । गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो ।

चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए । उनले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे ।

सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ । अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए ।


Read Previous

माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजनाः फाेटाे फिचर

Read Next

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

Leave a Reply

Your email address will not be published.