Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण


काठमाडाैं । प्रतिनिधिसभाको शुक्रबारकाे बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गरिन ।

सांसद धनराज गुरुङले मुलुकभित्र देखिएको आर्थिक सङ्कट समाधानमा केन्द्रित हुनुपर्ने र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।  सांसद नारायणप्रकाश साउदले शून्य समयमा सांसदले उठाउका समस्याको सुनुवाइ नभएको र सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै सदनको ध्यानाकर्षण गराए ।

सांसद नारायणी शर्माले दाङमा निर्माणाधीन हुलाकी राजमार्ग निर्माणमा देखिएको समस्या समाधान गर्न तथा निर्माणको कामलाई गति दिन आग्रह गरिन । सांसद प्रकाश ज्वालाले सरकारले लामा लामा लाइन हटाउने योजना अगाडि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सुशासन, जवाफदेहिता तथा सिंहदरबार प्रवेशमा सहजता नभएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

सांसद प्रकाशमान सिंहले करोडौँ मूल्य बराबरको पूराना सवारी साधन विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानमा अलपत्र रहेको भन्दै त्यसको व्यवस्थापनमा जोड दिन आग्रह गरे । सांसद डा प्रकाशशरण महतले टोखा छहरे सडकखण्ड निर्माणमा देखिएको व्यवधान तथा ककनी रानीपौवा सडकखण्ड निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रतिमा गौतमले काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्न र मेलम्चीको पानी प्रभावकारीरुपमा वितरण गर्न माग गरिन । यस्तै, सांसद प्रदिप पौडेलले पनि काठमाडौँ उपत्यकाभित्रको खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसद प्रदीप यादवले सरकारी वेभसाइट घण्टाैं अवरुद्ध हुँदा सेवाग्राहीले समस्या व्योहोर्नुपरेको भन्दै किन यस्तो भएको हो भनेर प्रश्न गरे। शून्य समयमा सांसद वासुदेव घिमिरे, विनिता कठायतलगायतले समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते हुनुभएका नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

यस्तै, सांसद देवप्रसाद तिमिल्सिनाले पनि सांसद भण्डारीको स्वास्थ्यलाभको कामना र उनकी माता हरिकला भण्डारीको निधनप्रति दुःख व्यक्त गर्नुभयो । उनले रौतहटका विभिन्न पुल निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गर्दै सरकार र सदनको ध्यानाकर्षण गराए ।


Read Previous

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार

Read Next

सरकारले आकस्मिक रुपमा घोषणा गर्ने बिदामा बैंक बन्द नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *