Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सुरु भयो हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार


काठमाडाैं। हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । शुक्रबार बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरे ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए ।  उनले  ६ करोडबाट सुरु भएको बैंक हाल १४ अर्ब  रूपैयाँ पुँजीको बैंक बनेको उनकाे भनाइ थियो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने दाबी गरे ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले ९ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको बताए ।  हिमालयन बैंक आफैमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए ।

चुक्तापुँजी ३४ अर्ब 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी रु ३४ अर्ब पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाैं ठूलो बैंक हो । यस्तै बैंकको दुई खर्ब ७४ अर्ब निक्षेप, दुई खर्ब ५० अर्ब रूपैयाँ कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा एक सय ८९ भएका छन् ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैशल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक रहेका छन् । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका राणा रहेका छन् ।


Read Previous

मुग्लिन–पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

Read Next

शून्य समयः विकास निर्माणमा देखिएको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *