Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

एनसेलको नख्खुमा निर्मित आधुनिक डाटा सेन्टर सञ्चालनमा


काठमाडौं । निजी क्षेत्रको नेपालको पहिलो मोवाइल सेवा प्रदायक एनसेलले ललितपुरको नख्खुमा आधुनिक डाटा सेन्टर सञ्चालनमा आएको छ । एनसेलले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा अवरुद्ध भएको समयमा तत्कालै आपूर्ति सुचारु गर्ने उद्देश्यले सम्पूर्ण रूपमा पावर व्याकअप सहितको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

२०७२ सालको भूकम्पपछि नख्खुमा ‘कन्टेनराइज्ड’ डाटा सेन्टर निर्माण गरी विद्युतको आन्तरिक व्यवस्थापन गर्न भवन परिसरमा डिजेल प्लान्ट पनि राखिएको एनसेलका प्राविधिक प्रमुख आदिल इस्रारले बताए । उनका अनुसार डाटा सेन्टरमा आउने नेपाल विद्युत प्राधिकरणको फिडरको आपूर्ति बन्द हुनासाथ केही सेकेन्डभित्र डिजेल प्लान्टले विद्युत उत्पादन अत्यावश्यक सेवा सुचारु राख्दछ ।

‘हामीले विद्युत आपूर्ति अनियमित हुँदा आउने समस्याको दीर्घकालिन समाधान गर्ने गरी डाटा सेन्टरको प्राविधिक भवन परिसरमै डिजेल प्लान्ट पनि राखेका छौं,’उनले भने,‘४ दिनसम्म प्रसारण प्रणालीको विद्युत सेवा अवरुद्ध हुँदा डिजेल प्लान्टबाट डाटा सेन्टरमा विद्युत आपूर्ति गर्नेसम्मको इन्धन सञ्चित गर्ने गरेका छौं ।’

उनले ४ दिनसम्म पुग्ने २५/२५ हजार गरी ५० हजार लिटर इन्धन राख्न भूमिगत भण्डारण गृह निर्माण गरिएको जानकारी दिए । राष्ट्रिय प्रणालीको सेवा अवरुद्ध भएको समयमा ५७ सेकेन्डभित्र डिजेल प्लान्ट स्वतः सञ्चालन भई डाटा सेन्टरको प्राविधिक भवनमा विद्युत आपूर्ति हुने व्यवस्था मिलाएको एनसेलले जनाएको छ ।

एनसेलले बुधबार विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई आमन्त्रण गरी डाटा सेन्टर र परिसरमा राखिएको डिजेल प्लान्टको स्थलगत भ्रमण गराई सम्पूर्ण जानकारी गराएको छ । पावर कक्षमा स्विचिङ डिभाइस छ । पावर सप्लाई युनिट छ । यहाँ १ हजार किलो भोल्टका २ वटा युपिएस राखिएको छ । यसले डाटा सेन्टरको एसी सप्लाई हेर्छ । डिसी सप्लाई ४८ भोल्टको छ ।

ब्याट्री कक्षमा ब्याट्री मात्रै राखिएको छ । ३ वटा डाटा कक्ष छन् । डाटा सेन्टरको २४ घन्टा निगरानी गर्न मोनिटरिङ कक्ष राखिएको छ । डाटा सेन्टरको सुरक्षालाई ध्यानमा राखि १०४ वटा क्यामेरा भवन भित्र र बाहिर जडान गरिएको छ । मोनिटरिङ कक्षबाट प्राविधिकरूले २४ घन्टा निगरानी राख्ने व्यवस्था गरिएको छ । भवनको माथिल्लो तल्लामा सर्भर कक्ष छ ।

डाटा सेन्टर रहेको प्राविधिक भवन भूकम्प प्रतिरोधात्मक बनाइएको छ । एनसेलले २ अर्ब रुपैयाँ बढी लगानीमा डाटा सेन्टरको भवन निर्माण गरेको हो । एनसेलले २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण धेरै अभिलेखहरू सुरक्षित नभएको महशुस गरी आगामी दिनमा ९ रेक्टर स्केलसम्मको विनासकारी भूकम्प झेल्न सक्ने भवन निर्माण गरेको हो ।


Read Previous

साना उद्योगमा समस्या थपिँदै

Read Next

नयाँ गन्तव्य बन्दै धौलागिरि चक्रिय पदमार्ग

Leave a Reply

Your email address will not be published.