Nepal Purbadhar

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेट


काठमाडौं। भारतीय विदेश मन्त्रालयका ‘आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला’ सम्बन्धि सचिव प्रभातकुमारले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैँ सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे।

भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानीमा सञ्चालित केही सडक योजनाको प्रगतिका विषयमा समेत कुराकानी भएको थियो।g

हाल निर्माण क्रममा रहेका बालाजु–त्रिशुली सडक र भालुबाङ–बाग्दुला–भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।

Facebook Comments

Read Previous

नेपाल एकै जातको कफी खेतीमा भर पर्नु हुदैन: प्रतिवदेन

Read Next

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेको अवसरमा ७५ परियोजना सार्वजनिक, ४८ उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar