Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

नेपाल एकै जातको कफी खेतीमा भर पर्नु हुदैन: प्रतिवदेन


काठमाडौं । उत्तम कफीको जात पहिचान गरी नेपालमा कफीको उत्पादकत्व तथा जलवायु परिवर्तन अनुकुलनमा सुधार ल्याउन सहयोग गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रय व्यापार केन्द्रको प्राविधिक सहयोगमा एक अध्ययन सम्पन्न भएको छ।

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डिएनए सिक्वेन्सिङ अध्ययन सहितको उक्त प्रतिवेदन आज काठमाडौंमा सार्वजनिक गरिएको छ ।

वातावरण, कफी खेती, कफी भित्र्याए पछिका अभ्यासहरू तथा कफीका आणुवांशिक वा जातीय भिन्नताले कफीका बोटको उत्पादकत्व, जलवायु परिवर्तन अनुकुलनमा प्रभाव पार्ने क्षमता तथा कार्वन फुटप्रिन्ट नियन्त्रण मलखादको प्रयोग प्रभावकारिता जोड दिएको छ । त्यस्तै तयारी कफी कपको गुणस्तर निर्धारण गर्ने भएकाले एकै किसिमको आणवांशिक पृष्ठभूमिको कफीको जातमा मात्र भरपर्दा आउन सक्ने जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनु पर्ने प्रतिवेदनले सुझाव दिएको छ।

अनुसन्धानको क्रममा देशका १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ वटा नमुना संकलन गरिएका थिए ।

नेपालमा रहेका कफीका जातहरूबारे राम्रोसँग बुझ्न तथा उच्च सम्भावना भएको कफी जातीको छनौट ,कलमी तथा क्लनिङमा सुधारका उपायहरूको खोजीमा यो अध्ययन सहयोगी भएको छ । किसानहरूलाई कफीका विरूवाहरू वितरण गरिरहेका सारकारी तथा निजी नर्सरीहरूबाट अध्ययनका लागि नमुना विरूवाहरू संकलन गरिएका थिए ।

यस अनुसन्धानले समेटेका मध्ये ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको र निजी नर्सरीबाट संकलन
गरिका मध्ये ९८ प्रतिशत बोर्बोन आणवांशिक पृष्ठभूमि रहेको देखिएको छ।

‘बोर्बोन जातहरू जलवायु उत्थानशील रहेको र साना किसानहरूका लागि अनुकुल रहेकोले यस जातीकै आणवांशिक एकरूपता नेपालका लागि फाइदाजनक भए पनि यस जातका कफी छिटो कुहिने खालको भएकोले नेपालका लागि  योठूलो जोखिम पनि हो,’ प्रतिवेदनमा भनिएको छ, ‘ठूलोमात्रामा बोर्बोन कफीमा भरपर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ जुन अघिल्लो दशकमा ल्याटिन अमेरिकामा देखिएको थियो।’

प्रतिवेदनले सरकारी नर्सरीहरूले आणवांशिक विविधतामा काम गरिरहेको देखाएको छ । अध्ययनको क्रममा संकलन गरिएका नमुनाहरूमध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका थिए। कुल नमुनाहरूमध्ये ७१ प्रतिशत बोर्बोन जात, १६ प्रतिशत इन्ट्रोग्रेस्ड (मिश्रित ) जात र ३ प्रतिशत इथियोपियिन पृष्ठभूमिका थिए।

यो अनुसन्धान नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको कफी अनुसन्धान केन्द्रको सहकार्यमा गरिएको हो।कफीका सरोकारवाला समुह तथा निकायहरूलाई नेपालमा कफीका जात र उत्पादन , उत्पादकत्व , गुणस्तर, रोजाइ  प्रवर्द्धनात्मक उपायहरू तथा रणनीतिहरूमा यिनीहरूको प्रभावबारे जानकारी दिन यस प्रतिवेदन संप्रेषण कार्यक्रमको आयोजना गरिएको हो।

नेपाल कृषि अनुन्धान परिषद (नार्क) का वरिष्ठ वैज्ञानिक जीत नारायण चौधरीले नेपालमा किसानले स्थानीय स्तरमै कफीको आफ्नै तरिकाले स्थानीय रूपमा नाम दिएको र आधिकारीक रूपमा कफीको जातको नामकारण नभएको अवस्थामा नेपालमा उपलब्ध भएका कफीका आणवांशिक जातका बारेमा पहिचान गर्न यो अनुन्धान गरिएको बताए।

उक्त अवसरमा युरोपियन युनियनको इयु नेपाल टिआइपीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले कार्यक्रमले नेपालको व्यापार क्षमता अभिवृद्धिमा गरेको सहयोगबारे चर्चा गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुन्धान परिषद, कृषि तथा वन विश्‍व विद्यालय तथा नेपाल कफी उत्पादक संघ लगायत कफी क्षेत्रका प्रमुख सरोकारवाला निकायको उपस्थिति थियो ।


Read Previous

धार्मिक पर्यटनको गन्तव्य बन्दै बाँके

Read Next

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेट

Leave a Reply

Your email address will not be published.