Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या


काठमाडौं । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ। ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा टर्मिनल भवन अधुरै रहेको हो। विसं २०६० देखि कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको हो। विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो। टावर र टर्मिनल भवन भने हालसम्म बन्न सकेको छैन।

ओमबुद्धले टर्मिनल भवन निर्माण गर्न २०७६ असोजमा ३० महिना भित्र सम्पन्न गर्नेगरी आठ करोड ६५ लाख रुपैयाँको सम्झौता गरेको थियो। नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर महेश नेपालीका अनुसार हालसम्म ६० प्रतिशत मात्र काम भएको छ। नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको बताए। ‘ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ,’ उनले भने। सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ।

ओमबुद्ध कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्काले भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा ढिला भएको बताए ।


Read Previous

खोटेहाङ–काठमाडौं बस सेवा सञ्चालन

Read Next

भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या

Leave a Reply

Your email address will not be published.