Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

भिजिबिलिटी कम हुँदा काठमाडौं विमानस्थलमा विमान अवतरण गर्न समस्या


काठमाडौं । भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरणमा समस्या देखिएको छ।

 भिजिबिलिटी नभएपछि नेपालगञ्ज र मलेसियाबाट आएका विमानहरु अन्यत्र मोडिएका छन्।

नेपालगञ्जबाट आएको श्री एयरको विमानलाई झापाको भद्रपुर विमास्थलमा अवतरण गराइएको छ। यस्तै, मलेसियाबाट आएको नेपाल वायुसेवा निगमको विमानलाई भारतको कोलकता पठाइएको छ।

त्रिभुवन अन्त्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेम ठाकुरका अनुसार भिजिबिलिटी कम भएपछि विहान आएका केही विमानहरु यहाँ अवरतण गराउन नसकेर बाहिरतिर डाइभर्ट गरिएको हो ।

मौसममा विस्तारै सुधार हुन लागेकाले अब केही समयपछि आन्तरिक उडानका विमानहरूको उडान र अवतरण सुरु हुने बताइएको छ ।


Read Previous

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

Read Next

राष्ट्रिय प्राथमिकताका आयोजना : वर्षेनि करोडौँ बजेट विनियोजन, प्रगति शुन्य

Leave a Reply

Your email address will not be published.