Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी


काठमाडौँ । बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ।

सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा सो विषय जनाइएको छ। कोरोना महामारीको समयमा सात प्रदेशमध्ये बागमतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको २०७९÷८० मा रु तीन करोड ९४ लाख बजेट विनियोजन गरी बागमती प्रदेशको प्रथम आर्युवेद औषधि उत्पादन केन्द्र चितवनमा स्थापना गरी सञ्चालन गरिएको छ। मकवानपुरको विभिन्न स्थानमा आर्युवेदिक उपचारका लागि शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको छ।

हेटौँडा अस्पतालका गर्भवतीलाई ७३ वटा ‘पोर्टेवल अल्ट्रा मेसिन’ खरिद गरिएको र एमआरआई मेसिन खरिद गरी हस्तान्तरणसमेत भइसकेको प्रतिवेदनमा उल्लेख छ। बागमती प्रदेशमा रहेको एकसय १९ स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखका लागि फिस्टुला रोग पहिचान र उपचारसम्बन्धी कामर्यक्रम गरिएको छ।

अन्य अस्पताल र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ। स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधर निमार्णमा सहयोग एवम् निमार्ण कार्य भएको उनले जानकरी दिए। कोरोना महामारीको सङ्क्रमण रोकथाम र डेङ्गुरोग नियन्त्रण गर्न सो अवधिमा विभिन्न कार्यक्रम गरिएको बताइएको छ।

यसैबीच मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या हालसम्म पाँच हजार आठ सय १० पुगेको सो मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ। सो तथ्याङ्क गत साउनदेखि आजसम्मको रहेको छ। जसमा तीन हजार एक सय ८२ पुरुष र दुई हजार ६ सय २८ महिला रहेका छन्। डेङ्गु सङ्क्रमित जिल्लाको १० स्थानीय तहमध्ये बढी हेटौँडा उपमहानगरपालिमा रहेको सो कार्यालयले जनाएको छ।


Read Previous

दक्षिण एशियाली अर्थतन्त्र रसिया–युक्रेन युद्धको मारमा : विश्व बैंक

Read Next

डिजिटल प्रविधिले सेवा प्रवाहमा सहज

Leave a Reply

Your email address will not be published.