Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

दक्षिण एशियाली अर्थतन्त्र रसिया–युक्रेन युद्धको मारमा : विश्व बैंक


काठमाडौं । विश्व बैंकले दक्षिण एशियाली क्षेत्रको अर्थतन्त्र निरन्तर रसिया र युक्रेन युद्धको मारमा परेको उल्लेख गरेको छ ।

विश्व आर्थिक परिदृष्य प्रतिवेदन सार्वजनिक गर्दै बैंकले दक्षिण एशियाली क्षेत्रमा युद्धको कारण ऊर्जा र खाद्यान्नमा उच्च मूल्य वृद्धि भएको तथ्य सार्वजनिक गरेको हो । यसका कारण केन्द्रिय बैंकहरु मूल्यवृद्धि नियन्त्रणमा राख्नको लागि जुधिरहेका छन ।

प्रतिवेदनले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने पर्यटन क्षेत्र अझै उत्साहजनक नदेखिएको उल्लेख गरेको छ । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेको प्रतिवेदनमा उल्लेख गरेको छ । विशेषगरी कोभिडको कारण चीनले कडाइ गर्दा चिनीय पर्यटक आगमन घटेको उल्लेख छ ।

अर्थतन्त्रको लागि कठिन अवस्थाको बावजुद भारतले आर्थिक वर्ष २०२२/२३ को पहिलो चौमासिकमा निजी खपत र लगानी वृद्धिमार्फत ९ दशमलव ७ प्रतिशतले वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ । माल्दिभ्समा भने सन् २०२२ मा पर्यटन क्षेत्र लयमा फर्किदा यसको कुल ग्रार्हस्थ उत्पादन कोभिड १९ पहिलेको अवस्थामा फर्किन सम्भव भएको र यो अपेक्षा गरेभन्दा छिटो पुर्नउत्थान भएको छ ।

त्यस्तै अन्य दक्षिण एशियाली देशको अर्थतन्त्रमा पनि आन्तरिक र वाह्य प्रभाव परेका छन् । बंगलादेशले ऊर्जाको मूल्यमा भएको वृद्धिले गर्दा आफ्नो माग अनुसारको खपत गर्ने गरी घरायसी र उद्योगहरुलाई उपलब्ध गराउन सकेको छैन ।

यसले बंगलादेशमा लोडसेडिङ र उद्योग बन्दसमेत गर्नुपरिरहेको छ । श्रीलंकामा पनि वैदेशिक मुद्रा संञ्चिती नहुँदा पेट्रोलियम पदार्थ, खाद्य सामाग्री उपलब्ध गराउन र वाह्य ऋण तिर्ने दायित्वको कठिनाइबाट गुज्रिरहेको छ ।

सन् २०२२ मा श्रीलंकाको आर्थिक वृद्धिदर ९ दशमलव २ प्रतिशतले घट्ने अनुमान गरिएको छ । त्यस्तै अफगानिस्तानमा पछिल्ला २ दशकदेखिको न्यून आर्थिक गतिविधि र सन् २०२१ को अगस्टमा अन्तर्राष्ट्रिय सहयोग रोकिदा समस्यामा छ । यसको कारण एक तिहाइ जनसंख्या गरिबीमा धकेलिने अवस्थामा रहेको विश्व बैंकको अनुमान छ ।

सन् २०२३ मा दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि साढे ५ प्रतिशत

दक्षिण एशिया क्षेत्रमा सन् २०२३ मा आर्थिक वृद्धि सुस्त भइ ५ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२२ मा ६ दशमलव १ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो । तर सन् २०२४ मा भने ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

यस क्षेत्रमा खाद्य सुरक्षा र जलवायु परिवर्तन यस क्षेत्रको जोखिमको रुपमा रहेको विश्व बैंकले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२२/२३ मा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण छ ।

त्यस्तै, २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत वृद्धिदर रहने छ भने आब २०२१/२२ मा भने ५ दशमलव ८ प्रतिशतको वृदिदर रहने विश्व बैंकले उल्लेख गरेको छ ।


Read Previous

सुन्तला बिक्रीबाट दुई करोड आम्दानी

Read Next

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *