Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

बिहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा ८ देखि ९ घण्टा लोड कटौती


काठमाडौँ । भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ।

बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो।

‘बिहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको झन्डै तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ। जस कारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ’, प्रवक्ता भट्टराईले भने । प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनको भनाइ छ।

ठूला उद्योगमा बेलुका र बिहानको समय गरेर झन्डै आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए । ‘अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको हो। भारतीय पक्षले मर्मतका लागि अझै तीन–चार दिन लाग्छ भनेको छ’, उनले भने।

प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत् माग झन्डै ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ। यो माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत झन्डै ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ। त्यस्तै अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ।


Read Previous

नारायणगढ–मुग्लिन सडक : सकिएन भित्तो काट्ने काम

Read Next

मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

Leave a Reply

Your email address will not be published.