Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता


विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरो पनि हो यसैले सबैको योजनाअनुसार म अगाडि बढ्छु,’ सांसद आचार्यले भने ।

मोरङ निर्वाचन क्षेत्र नं ६ प्रदेशसभा १ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफ्नै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी स्तरोत्रति गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरेका हुन् ।

नवनिर्वाचित सांसदलाई विश्वविद्यालयले आज बधाई ज्ञापन गर्ने कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री आचार्यले सङ्घ र प्रदेश सरकारसँगै सबै दल र स्थानीयको सहयोग प्राप्त गर्न सके देशकै पहिलो एमटियु केही वर्षमा सार्क स्तरमा परिचत हुनसक्ने बताए ।

तत्कालै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको उनको भनाइ थियो । उनले एमटियुले चाँडै हेल्थ पोलिसी एन्ड म्यानेजमेन्ट, रेल्वे र हाइटेक ब्रिजदेखि टनेल, इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङलगायत विषयहरु पठनपाठन गराउने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

बधाई कार्यक्रममा विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सभासद् सत्यनारायण चौधरी, राजन केसी, बलभद्र थारू, माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासलगायतले विश्वविद्यालयको स्तरोत्रति भएमा देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बूढीगङ्गा गाउँपालिका–४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा गत शैक्षिक सत्रदेखि स्नातक तहमा सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स विषयमा पठनपाठन भइरहेको छ । विश्वविद्यालयले आगामी १० वर्षभित्र विभिन्न १० भन्दाबढी प्राविधिक विषयमा पिएचडीसम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।


Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

Read Next

पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *