Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

पश्चिम चितवनमा भूमिगत सिँचाइ प्रणाली उद्घाटन


चितवन । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

तीन करोड ४७ लाख ३१ हजार रुपैयाँको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताइन्। महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उनले बताइन् । यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने मेयर दाहालले जानकारी दिइन्। सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोसेढुङ्गा साबित भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘हिउँदमा समेत सिँचाइको व्यवस्था हुने गरी गरिएका यी आयोजनाले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।’ कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिँचाइको अभाव भएको उनले बताइन् । दीर्घकालीन हिसाबले नारायणी सिँचाइ आयोजना अघि बढाइएको उनले जानकारी दिइन् । कृषि क्षेत्रको विकासका लागि महानगर लागिपरेको उनको भनाइ छ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म चार हजार बिघा (दुई हजार पाँच सय हेक्टर) क्षेत्रफलमा सिँचाइ पुर्याइएको जानकारी दिए। विसं २०७७ मा स्थापना भएको सो कार्यालयले जिल्लाको १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिँचाइ पुर्याउने लक्ष्य लिएको छ । यसका लागि चार अर्ब ६४ करोड रुपैयाँको आयोजना रहेको उनले जानकारी दिए । हालसम्म कार्यालयले ६० ठूला डिप ट्युववेल सिँचाइ प्रणाली र तीन सय २५ स्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उनले बताए ।

कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । आयोजनाको भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोकेअनुसार चितवनको माडी र मकवानपुरसमेत हेर्दै आएको उनले जानकारी दिए ।


Read Previous

प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता

Read Next

भुक्तानी सेवा दिने कम्पनीको अनुमतिपत्रसम्बन्धी व्यवस्था संशोधन

Leave a Reply

Your email address will not be published.