Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा


जलेश्वर । जलेश्वरमास्थित नेपाल विद्युत् प्राधिकरण जलेश्वर शाखा विरतण केन्द्रको विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

शाखाको एम पावर विलिङ सिस्टमको सर्भरमा समस्या आएपछि गत महिनादेखि केन्द्रबाट हुने गरेको सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द भएकाे हाे ।

शाखा प्रमुख वीरेन्द्र झाले वितरण केन्द्रको सबै सेवा पूर्ववत नै सञ्चालनको तयारी भएको जानकारी दिए । काउन्टर बन्द हुँदा यस केन्द्र मातहतमा रहेका ३५ हजार मिटर तथा तिनका ग्राहकले विद्युत् महसुल बुझाउन नपाएर हैरानी व्यहोरिरहेका छन् ।

मासिकरूपमा विद्युत् महसुल बुझाउन केन्द्रमा आउने गरेका सेवाग्राही बिल नै नबुझाइ फर्किनुपरेको छ भने विद्युत् महसुल बुझाउन चाहने सेवाग्राहीलाई केन्द्रका कर्मचारीले गत वैशाख महिनादेखिकै बिल लिएर आएपछि मात्रै नयाँ बिल बुझ्ने जनाउँदै फर्काउने गरेका छन् ।

जलेश्वर नगरपालिका वडा नं २ का सेवाग्राही दीपक गुप्ताले केन्द्रको सर्भरमा समस्या आउँदा विद्युत महसुल बुझाउन नपाएको गुनासो गरे ।

जलेश्वर–२ का शिवचन्द्र चौधरीले केन्द्रमा अहिले दैनिक महसुल बुझाउनेको भीड लाग्ने, दैनिक प्रहरी र सेवाग्राही, कर्मचारी तथा सेवाग्राहीको बीचमा भनाभन र गालीगलौजसमेत हुने गरेको छ ।

केन्द्रमा दैनिक हुने विभिन्न हो–हल्लाले गर्दा यस वितरण केन्द्रबाट हुने नयाँ मिटर वितरण, मिटरमा देखिएका समस्या समाधान, उपकरण जडानलगायतका कामकाज हुन नपाउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । रासस


Read Previous

विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन

Read Next

सहरी स्वास्थ्य केन्द्र भवन बनेकाे वर्षदिन बित्दा पनि सेवा शुरू भएन

Leave a Reply

Your email address will not be published.