Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन


काठमाडौ । नेपाल विद्युत प्राधिकरणकी पहिलो उपकार्यकारी निर्देशक गोसाई केसीको निधन भएको छ । केही बर्षदेखि क्यान्सर रोगबाट पीडित उनको आइतबार निधन भएको हो ।

विद्युत प्राधिकरणको पहिलो निर्देशक र उप कार्यकारी निर्देशकको रुपमा उनले ३० बर्ष बिताएकी थिइन । ललितपुरको जाऊलाखेलमा सेनाको परिवारमा हुर्किएकी गोसाई केसीले १३ बर्षको उमेरमै उनले प्रवेशिका परीक्षा (एसएलसी) पास गरेकी थिइन । दोलखाका बलबहादुर केसीसँग १७ बर्षकै उमेरमा विवाह भएको थियो ।

प्रशासनमा एम गरेकी उनले सानो ठिमी क्याम्पसमा सहायक प्राध्यापकको रुपमा केही समय काम गरेपछि  तत्कालीन साना जलविद्युत विकास समितिको अधिकृतको रुपमा जागिर शुरु गरेकी थिइन । विकास समितिलाई २०४२ सालमा स्थापना भएको नेपाल विद्युत प्राधिकरणमा गाभिएपछि उनको प्रवेश प्राधिकरणमा भएको थियो ।


Read Previous

गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाकाे ५ पटकसम्म म्याद थप, तर सकिएन काम

Read Next

विद्युत् महसुल सङ्कलन ‘काउन्टर’ बन्द हुँदा सेवाग्राही समस्यामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *