Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने ठेक्का सम्झौता भएको २७ महिनापछि बल्ल राहुघाट सबस्टेसनकाे निर्माण सुरु    तनहुँ जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो    पुल्चोक-गोन्द्राङ ६ लेन सडकखण्डकाे निर्माण अन्तिम चरणमा   

मध्यमोदीबाट यसै सातादेखि व्यापारिक विद्युत उत्पादन  


पर्वत । चाैधरी ग्रुपकाे लगानीमा पर्वतकाे माेदी खाेलामा निर्माण भएकाे १८ मेगावाटकाे मध्यमोदी जलविद्युत आयोजनाले यसै साताबाट व्यापारिक विद्युत उत्पादन सुरु गर्ने भएकाे छ । २ साताकाे परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेकाे हाे ।

२०७१ मङ्सिरदेखि निर्माण सुरु गरिएकाे आयोजना ८ वर्षमा सम्पन्न गरी विद्युत उत्पादन थालिएकाे थियाे । परीक्षण उत्पादन सफल भएकाले अब केही दिनभित्र व्यापारिक उत्पादन सुरु गर्न लागेकाे आयोजना प्रमुख प्रविन देसारले बताए ।

“३ वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने भनेर काम थालिएको थियो, विविध समस्याका कारण लक्ष्यअनुसार काम हुन सकेन । ५ वर्ष ढिलाे गरी भएपनि आयोजना प्रसारण प्रणालीमा जाेडिएकाे छ । ”, उनले भने ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका–१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका–२ समादीमा निर्मित विद्युतगृहमा खसारेल विद्युत उत्पादन गरिएकाे छ । माेदी खाेलाकाे पानी विद्युतगृहमा खसाल्न २.८४ किलाेमिटर लामाे मुख्य सुरुङ निर्माण गरिएकाे छ ।

पुस ५ गते अगाडि नै परीक्षणको काम सकिएकाले अब मध्यमाेदीबाट व्यापारिक उत्पादन सुरु हुन लागेकाे नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले बताए । उनले प्राधिकरणले निशुल्क विद्युत पाउने गरीकाे १५ दिनकाे परीक्षण पूरा भइसकेकाले अब व्यापारिक उत्पादन हुन लागेकाे बताए ।

आयोजनाले उत्पादन गरेकाे विद्युत मोदी गाउँपालिकाकै पातिचौरस्थित कोरुङ्गा सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । आयोजनाकाे विद्युत पातीचाैरमा जाेडिएकाे विद्युत पाेखराकाे लेखनाथ सबस्टेसन हुँदै लाहाचाेक सबस्टेसन पुग्नेछ ।

 निर्माण सुरु गर्ने गर्दा १५.१ मेगावाट जडित क्षमता रहेकाे आयोजना निर्माणकै क्रममा स्तराेन्नति गरी १८ मेगावाट पुर्याइएकाे थियाे । सुरुमा २ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएकाेमा आयोजना निर्माण सम्पन्न हुँदा बढेर ४ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

आयोजनाकाे निर्माण सुरु भएपछि प्रभावित क्षेत्रका स्थानीय बासिन्दाकाे  पटक–पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण  निर्माण लम्बिन पुगेकाे थियाे ।

२०७२ सालकाे भूकम्पको मारमा समेत परेको आयोजनाले बाढी र पहिराको पनि सामना गर्याे । पछिल्लो १ वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।


Read Previous

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली काठमाडौं आइपुग्यो

Read Next

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

Leave a Reply

Your email address will not be published.