Nepal Purbadhar

कम्प्यूटर एशोसियसन महासंघमा नयाँ कार्यसमितिले पायो पूर्णता


काठमाडौं । कम्प्यूटर एशोसिएशन नेपाल (क्यान) महासंघमा नयाँ कार्यसमितिले पूर्णता पाएको छ । क्यान महासंघको १४ औं कार्यसमितिमा चुनिन बाँकी रहेका पदहरु पनि बाँडफाँड भएपछि कार्यसमितिले पूर्णता पाएको हो ।

महासंघका अनुसार वरिष्ठ उपाध्यक्षमा खुशल रेग्मी, उपाध्यक्षमा राजेन्द्र प्रसाद अर्याल, सरिता सिंह, हर्क बहादुर सेठी, ध्रुव राज शर्मा (सुदिप) गरी ४ जना चुनिएका छन् ।

यसअघि नै कम्प्यूटर एशोसिएशन नेपाल महासंघ को १४ औं कार्यसमितिमा रणजित कुमार पोदार अध्यक्ष पदमा सर्वसम्मत चुनिएका थिए ।

महासंघको महासचिव पदमा चिरञ्जीवी अधिकारी विजयी भए भने कोषाध्यक्ष पदमा नविन जोशी चुनिएका छन् । सचिवको पदमा सुमन लाल प्रधान, बुद्ध रत्न मानन्धर, प्रताप सापकोटा, भुपाल दास श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली, श्री कर्णराज पनेरू गरी ७ जना चूनिएका छन् ।

महासंघको कार्यकारिणी सदस्यहरुमा विश्व राम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभास खड्का, विक्रम सिंह, दिव्य तारा शाक्य, निरन्जन पटेल, केशव प्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुर कुमार श्रेष्ठ, उमेश रघुबंशी, दिपक साह, सरिता न्यौपाने, शेखर नाथ दुलाल, सरूना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा मनोनित भएका छन् ।

सोमबार कार्यसमितिका सदस्यहरुबाट उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा चुनिएका हुन् । लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ, सदस्यहरुमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की निर्वाचित भएका छन् ।

Facebook Comments

Read Previous

विद्युत निर्यात हुने जलविद्युत केन्द्रको संख्या १० पुग्यो, काबेली ‘बी’-१ र तल्लो मोदीलाई पनि अनुमति

Read Next

केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली काठमाडौं आइपुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar