Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल


भरतपुर । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिका जोड्ने घुमाउनेको पक्की पुल निर्माण सुरु भएकाे ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेकाे छैन । ठेक्का पाएकाे लागि हेटौँडास्थित मृत सञ्जीवनी ठेकेदार कम्पनीले  काम नगरेका कारण पुल पक्की पुलकाे निर्माण सम्पन्न हुन नसकेकाे हाे ।

पटक-पटक म्याद थप्दा समेत ठेकेदारले काम नगरेपछि अहिले पुल निर्माणकाे अवस्था अलपत्र छ । काम सुरु भएकाे ८ वर्षमा पुलका भाैतिक प्रगति ४० प्रतिशत मात्रै भएकाे छ ।

२०७१ असार २९ गते सम्झौता गरेर पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा   पुल निर्माणको काम अघि बढाइएकाेमा अहिलेसम्म आधा काम पनि सम्पन्न हुन सकेकाे छैन ।

अहिलेसम्म ठेकेदारले पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र गरेकाे छ । ठेकेदार कम्पनीले विविध कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर विकेश लागेले बताए ।

उनका अनुसार पुल निर्माणका लागि ४ पटकसम्म म्याद थप गरिसकिएको छ । पछिल्लोपटक थपिएको अन्तिम म्याद २०८० असार मसान्तसम्मकाे छ । पछिल्लो सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्ने इञ्जीनियर लागेले बताए ।

याे पुलको निर्माण हुँदा चितवन आउन पोखरा, बाग्लुङ, पर्वत, बेनी, स्याङजा र दमौलीका बासिन्दाले डुम्रे, आबुँखैरेनी र मुग्लिन सडक प्रयोग गर्नुपर्ने छैन । पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ ।

दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहनेछ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस चलेका छन् । तर, पुल नहुँदा ती सवारी नारायणगढ-मुग्लिन सडकखण्डसम्म आइपुग्न सक्दैनन् । दमौलीबाट घुमाउनेसम्म ३२ किलोमिटर दूरी छ ।

१ सय पाँच मिटरको आर्क डिजाइनको पुल भ्याटसहित ९ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल निर्माणपश्चात नारायणगढबाट दमौली जान हाल सञ्चालन भइरहेको नारायणगढ–मुग्लिङ सडकको भन्दा २३ किलोमिटरको दूरी छोटो पर्नेछ ।


Read Previous

अर्थतन्त्र संकटमा छैन,नयाँ आयाम खोजौं: अर्थमन्त्री शर्मा

Read Next

माइक्रोसफ्टद्वारा स्टार्टअप्स फाउण्डर्स हब सुरु

Leave a Reply

Your email address will not be published.