Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

माइक्रोसफ्टद्वारा स्टार्टअप्स फाउण्डर्स हब सुरु


काठमाडौं । माइक्रोसफ्ले नेपाली स्टार्टअपहरूका लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरुवात सुरुवात गरेको छ । शुक्रबारबाट इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपालका लागि फाउण्डर्स हब सार्वजनिक गर्दैछ ।

नेपालमा सबैभन्दा ठुलो र प्रतिष्ठित आइसिटी अवार्ड कार्यक्रमसँगको सहकार्यमा फाउण्डर्स हबको सुरुवात गरिएको हो । उक्त कार्यक्रममा माइक्रोसफ्टको तर्फबाट विभिन्न सेसनहरू सञ्चालन हुनेछन । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिश्पर्धीले आफ्नो कथा साझा गर्ने अवसर प्राप्त गर्नेछन ।

माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरूका लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ । यस प्लाटफर्मले स्टार्टअपहरूको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निशुल्क पहुच प्रदान गर्दछ ।

यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन गर्नेछ । प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ ।

माइक्रोसफ्टको स्र्टाअप्स फाउण्डर्स हब धेरै देशमा सफलतापुर्वक चलिरहेको कार्यक्रम हो । नेपालमा पनि स्टार्टअपको इकोसिस्टमको विकासमा सहयोग पुर्याउने उदेश्यले आइसिटी अवार्डसँगको सहकार्यकमा यसको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ ।

विशेषगरी आर्थिक, प्राविधिक र पुर्वाधारको अभावमा नेपालको स्टार्टअपहरुको वृद्धी कम भइरहेको हुँदा, यसलाई सहयोग गर्ने लक्ष्य सहित माइक्रोसफ्टले फाउण्डर्स हबको सुरुवात गरेको नेपालको लागि माइक्रोसफ्टका सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले बताए ।

शुक्रबारको कार्यक्रममा राष्ट्रिय तथा अन्तरािष्ट्रय प्रतिनिधिहरुको उपस्थिती छ । यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केहि स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा माइक्रोसफ्ट विभिन्न नयाँ प्रविधिहरुको बारेमा सेसन पनि सञ्चालन हुनेछ भने आइसिटी अवार्डका विजेता र यस वर्षका उत्कृष्ट ५ ले आफ्नो स्टार्टअपको बारेमा रोचक प्रस्तुती दिनेछन । इच्छुकले कार्यक्रममा निशुल्क सहभागी हुन सकिन्छ । तर, यो रजिस्ट्रेशन फारम भर्नुपर्ने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ ।


Read Previous

ठेकेदारकाे लापरबाहीले ८ वर्षमा पनि बनेन भरतपुर र आबुँखैरेनी जाेड्ने पक्की पुल

Read Next

हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान

Leave a Reply

Your email address will not be published.