Nepal Purbadhar

धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


बैतडी। भारतको उत्तराखण्डस्थित पिथौरागढमा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि पुनः खोलिने भएको छ।

एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसनबाट प्राप्त जानकारीअनुसार आइतबार राति १२ बजेदेखि सोमबार बिहान १० बजेसम्म बाँधका ढोका खोलिनेछन्।

बाँध खोलिएपछि महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदीमा पानीको सतह बढ्न सक्ने भएकाले बाँध खोलिएको समयमा नदीकिनारमा नजान अनुरोध गरिएको छ।

धौलीगङ्गाबाट छोडिएको पानी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने महाकाली नदीमा आउने भएकाले ती जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो।

यसअघि पनि गत साउन १३ गते धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिएको थियो। २८० मेगावाट क्षमताको उक्त परियोजनाको बाँध खोल्नुअघि भारतीय पक्षले नेपाली पक्षलाई जानकारी गराउने बताइएको छ।


Read Previous

तातोपानी नाका सञ्चालनमा चीन सकारात्मक, रसुवागढी पुनर्निर्माणमा विशेष अध्ययन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar