Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति


काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  बुधबार (मंसिर ७ गते) कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याइएकाे साधारण सेयर निष्कासनकाे अनुमति दिएकाे हाे ।

इलाममा सञ्चालित ६.२ मेगावाटको तल्लो जोगमाई जलविद्युत आयोजना प्रभावित इलामका स्थानीयबासी र सर्वसाधारणका लागि छुट्याइएको सेयर २ चरणमा निष्कासन गर्न बोर्डबाट अनुमति पाएको कम्पनीले जनाएको छ ।

बोर्डको स्वीकृति पाएसँगै अब प्रतिकित्ता एक सय रुपैयाँमा ११ करोड ८० लाख मूल्य बराबरको ११ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँड गर्ने तयारी कम्पनीले सुरु गरेको छ । कम्पनीका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि छुट्याइएको साधारण सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ ।

प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ४० हजार कित्ता साधारण सेयर छुट्याइएको छ । बाँकी ८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयर निष्कासनका लागि केही दिनमै सूचना सार्वजनिक गरी सर्वसाधारमा जानकारी दिइनेछ ।

कम्पनीले सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले प्रवर्द्धन गरेकाे तल्लो जोगमाई जलविद्युत आयोजनाले २०७८ कात्तिक १५ गतेदेखि व्यापारिक विद्युत उत्पादन गर्दै आइरहेकाे छ ।

एसियन हाइड्रोपावर ऊर्जा डेभलपर्स कम्पनीको सहायक कम्पनी हो । ऊर्जा डेभलपर्स र यसका सहायक कम्पनी मिलेर सन् २०३० सम्ममा १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।


Read Previous

जगदम्बा इन्टप्राइजेजले ४८ मेगावाट विद्युत लाेड लिन थाल्याे,मासिक २० कराेड महसुल तिर्ने

Read Next

१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

Leave a Reply

Your email address will not be published.