Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

अवस्था ठिक नभएका १६ सवारीका चालक कारवाहीमा, एउटा सवारी साधन नियन्त्रणमा


भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाहीमा परेका छन । साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीले दिउँसो गरेको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ ।

एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा खटिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।

अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।


Read Previous

एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता

Read Next

पर्यटकीय स्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दाे

Leave a Reply

Your email address will not be published.