Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै


काठमाडौं । संखुवासभास्थित १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको विद्युत मंसिरभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । मायाखोला हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको विद्युत अबकाे डेढ महिनाभित्रमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।

सिभिलतर्फको सम्पूर्ण निर्माण कार्य पूरा भइसकेको आयोजनाका संयोजक भरत थापाले बताए । उनका अनुसार अब इलेक्ट्रोमेकानिकलतर्फको एउटा जेनेरेटर जडान गर्ने काम मात्रै बाँकी छ ।

‘हाम्रो तालिका अनुसार त आयोजना विद्युत उत्पादन गर्ने चरणमा पुगिसक्नु पर्ने थियो,’ उनले भने, ‘तर, विद्युतगृहमा जडान हुने एउटा जेनेरेटर ढुवानीका क्रममा क्ल्भर्टमा ठोक्किएको हुँदा त्यसको मर्मत गर्नु परेकाले केही समय लागेको हो । जेनेरेटर मर्मत भई भन्सारमा आइपुगिसकेको छ । अब आयोजना स्थलसम्म पुर्याएर जडान गरेपछि परीक्षण सुरु गर्नेछौं ।’

उनले यो बीचमा दशैं तिहार, छठ लगायतका पर्वहरू परेकाले पनि केही समय लागे पनि अब आयोजना सञ्चालनमा ल्याउन यो भन्दा ढिला नहुने बताए । उनले जेनेरेटर जडान कार्य सम्पन्न गरी आयोजना परीक्षण गरेर विद्युत उत्पादन सुरु गर्न मंसिरभरको समय लाग्ने बताए ।

आयोजनाले उत्पादन गर्ने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा लगेर जोडिनेछ । आयोजनाको प्रवर्द्धक कम्पनीले सबस्टेसनसम्मको आवश्यक ३ किलोमिटर प्रसारण लाइन ६ महिना अगाडि नै पूरा गरिसकेको थापाले जानकारी दिए ।

प्राविधिकरूपमा आयोजना यसअघि नै सम्पन्न गर्न सम्भव भए पनि विद्युत प्रवाह भई पुग्ने २२० केभी इनरुवा सबस्टेसन सञ्चालनमा आउन समय लागेकाले सोही अनुसार कम्पनीले कामलाई गति दिएको थियो । अहिले इनरुवा सबस्टेसन पनि सञ्चालनमा आइसकेकाले अब ढिला नगरी आयोजनाबाट उत्पादन सुरु गर्ने योजना रहेको थापाले बताए ।

यो आयोजना निर्माण गर्न सुरुवातमा २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । आयोजना निर्माणका क्रममा सुरुङमा देखिएको समस्या, कोरोना महामारीलगायत विविध कारणाले निर्माणमा भएको ढिलाइ तथा ऋणको ब्याजको भार थपिँदा लागत बढेर २ अर्ब ७० करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको पनि थापाले बताए ।

मायाखोला ‘सुपर सिक्स’ (सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ जलविद्युत आयोजना) मध्येको एउटा आयोजना हो । सुपरसिक्स अन्तर्गतका २५ मेगावाटको सिंगटी र २३.५ मेगावाटको सोलु खोला आयोजना निर्माण सम्पन्न भई सञ्चानमा आइसकेका छन् । यी दुई आयोजना पनि प्रसारण लाइनको समस्या झेल्दै प्रसारण प्रणालीमा जोडिएका हुन् । ८२ मेगावाटको तल्लो सोलु र २४.१ मेगावाटको खारेखोला निर्माणाधीन छन् । ५० मेगावाटको मेवाखाेला निर्माणमा जाँदैछ ।


Read Previous

के छन् नेपाली कांग्रेसको घोषणापत्रमा भौतिक पूर्वाधारका एजेण्डा ?

Read Next

तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   

Leave a Reply

Your email address will not be published.