Nepal Purbadhar

विश्व वातावरण दिवसमा चौथो सांग्रिला साइकल र्‍याली, करिब १५ सय सहभागी


काठमाडौं। विश्व वातावरण दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्‍यालीमा करिब १५ सय जनाको सहभागिता रहेको छ। वातावरण संरक्षण र साइकल संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको र्‍याली शनिबार काठमाडौँमा सम्पन्न भएको हो।

र्‍याली गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भई नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डला, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती, भाटभटेनी हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटारसम्म पुगेर पुनः एलिस रिसेप्सनमा आएर समापन गरिएको थियो।

२०७९ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो साइकल र्‍यालीले वातावरण संरक्षणसँगै स्वस्थ जीवनशैली र साइकल संस्कृतिको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन्। त्यस्तै, लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुलीलाई सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल उपहार प्रदान गरेका थिए।

र्‍यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान संकलन, ऊर्जा क्षेत्रमा लगानी विस्तारको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar