Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

तनहुँका विश्वकर्माले बनाए बिजुलीबाट चल्ने स्वचालित घन   


तनहुँ(रासस) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले  बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन् । उनले आरनमा फलामकाे काम गर्दा मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका हुन् ।

विश्वकर्माले स्वचालित विद्युतीय घन बनाएपछि अहिले गाउँमा उनकाे परिचय फेरिएको छ । फलामलाई आकार दिन घन हान्न दैनिक अर्काे व्यक्ति सहयाेगी चाहिने हुँदा त्यसकाे विकल्पमा स्वचालित विद्युतीय  घन बनाएको उनले बताए ।

“फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरनमा घरेलु औजार बनाउँदै गरेका उनले भने, “दिन रात उपाय खोजें र विकल्पमा यो मेसिन बनाएकाे हुँ ।” मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन् ।

मेसिन बनाउन करिब ३० हजार रुपैयाँ बराबरकाे सामान खरिद गरेको उनले बताए। युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको पनि उनले बताए । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आएका छन् ।

करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उनले बताए । कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ ।

खुट्टाले थिचेपछि स्वचालित घनले दवाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत महसुल उठ्ने गरेको उनकाे भनाइ छ ।

चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आएका विश्वकर्माले आरन दर्ता गरेका छैनन् । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उनले बताए । जीवन निर्वाहका लागि मात्र आफुले आरान सञ्चालन गरेको उनले बताए ।

करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म लिने गरेका छन् । नयाँ घरेलु हतियारको प्रकारअनुसार ४ सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताए ।

आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उनले बताए । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उनकाे भनाइ छ ।

“ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ” उनले भने । उनले आरनको कमाइबाट परिवारकाे दैनिक जर्गो टार्दै आएका छन् ।विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ ।

आफूहरूले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताइन् । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका ६/७  गाउँका बासिन्दाले उनकाे आरनबाट सेवा लिँदै आएका छन् ।


Read Previous

मायाखोलाको विद्युत मंसिरभित्र प्रसारण प्रणालीमा जोडिँदै

Read Next

२ सातापछि जुम्लाको अवरुद्ध विद्युत सेवा सुचारु

Leave a Reply

Your email address will not be published.