Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

तामाकोसीको विद्युत शनिबार प्रणालीबाट विच्छेद हुने,जलाशय र सेटलिङ बेसिनको सफाइ गरिने


काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिका–१ स्थित गोंगरमा सञ्चालित देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्धजलाशय जलविद्युत केन्द्रको विद्युत आगामी शनिबार प्रसारण प्रणालीबाट बिच्छेद हुने भएको छ । जलविद्युत केन्द्रको जलाशय र सेटलिङ बेसिङ (बालुवा थिग्राउने पोखरी) को फ्लसिङ गर्न शनिबार (असोज १ गते) विद्युत उत्पादन बन्द गर्न लागिएको हो ।

जलाशय र सेटलिङ बेसिमा जम्मा भएको बालुवा, पानीमा बगेर आएका काठका टुक्रालगायत फोहोरको फ्लसिङ गरेर सफाई गर्ने अवधिभर जलविद्युत केन्द्रको विद्युतगृह बन्द हुनेछ । शनिबार बिहान ४ बजेदेखि राति १२ बजेसम्म संरचनाको फ्लसिङ कार्य गरिने जलविद्युत केन्द्रले जानकारी दिएको छ ।

जलविद्युत केन्द्रका अनुसार फ्लसिङ अवधिभर तामाकोसी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने गोंगर, जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोसी नदी दोभानसम्म पानीको सहत बढ्ने हुँदा सतर्क हुन सबैमा आग्रह गरिएको छ ।

यो अवधिमा नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ नुहाउन लैजाने लगायत कार्य नगर्न पनि तल्लो तटिय क्षेत्रका स्थानीयमा जलविद्युत केन्द्रले अनुरोध गरेको छ । साथै, जलविद्युत केन्द्रले यो अवधिमा नदीबाट गिटीबालुवा निकाल्ने कार्य नगर्न तथा मृत्यु भएका व्यक्तिको दाहसंस्कार एवं अरु कुनै धार्मिक संस्कार गर्नु परेको अवस्थामा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

फ्लसिङ कार्य सकिए लगत्तै पुनः तामाकोसीको पानी उपयोग हुन थालेपछि नदीमा पानीको सतह कम हुँदै जाने पनि जलविद्युत केन्द्रले जनाएको छ । यसअघि गत असार ५ गतेका लागि जलाशय र सेटलिङ बेसिङकाे सफाइ गर्ने कार्यक्रम तय भएकाे थियाे । तर, अन्तिम समयमा आएर स्थगित हुन पुगेकाे थियाे ।

जलविद्युत केन्द्रले बर्खा याममा जडित क्षमता अनुसार नै विद्युत उत्पादन गर्दै आइरहेको छ । हिउँदमा पनि दैनिक ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन हुन्छ ।


Read Previous

विकासित देशले एमोनिया तथा हाइड्रोजन उत्पादन योजनामा सघाउनुपर्ने अर्थमन्त्रीको भनाइ

Read Next

विद्युत नियमन आयोगको सार्वजनिक सुनुवाईमा उपस्थित हुने बारे

Leave a Reply

Your email address will not be published.