Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

विकासित देशले एमोनिया तथा हाइड्रोजन उत्पादन योजनामा सघाउनुपर्ने अर्थमन्त्रीको भनाइ


काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले विकासित देशले एमोनिया तथा हाइड्रोजन उत्पादन योजनामा सघाउनुपर्ने बताएका छन् ।

वुधबार दक्षिण कोरियामा आयोजित एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा सहभागी भएका उनले पछिल्लो अध्ययन अनुसार नेपालमा प्रतिस्पर्धी रुपमा ग्रीन एमोनिया तथा हाइड्रोजन उत्पादन गर्न सकिने उल्लेख गरे । ‘विकसित राष्ट्रलाइ समेत उपलब्ध गराएर कार्बन उत्पादन न्युन गर्न सकिने भएकाले यस्ता परियोजनामा लगानी गर्दा नेपाल जस्ता देशलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।

ठुला अर्थतन्त्रहरुले विश्व तापमान वृद्धिका लागि गरेका गतिविधिको कारणले उत्पन्न समस्याबाट तापमान वृद्धिमा कुनै योगदान नगर्ने देशहरु पिडित हुनु न्यायोचित नभएको उनको भनाइ छ । ‘जलवायु संरक्षणमा सहयोग ऋणको रूपमा होइन अनुदानमा हुनुपर्दछ’ उनले भने ।

तापमान वृद्धि गर्न योगदान नगर्नेहरूलाई सजाय दिइनु अनुचित भएको र यसका लागि योगदानकर्ताहरूबाट हरित ऊर्जा उत्पादनमा आर्थिक सहयोग मार्फत क्षतिपूर्ति गर्न आवश्यक देखिएको अर्थमन्त्रीको भनाइ छ । दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलन अन्तर्गत बुधबार एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको विशेष बैठक भएको हो ।

जलवायु परिवर्तनको प्रभावकारी न्यूनीकरण र निजी क्षेत्रको लगानी परिचालन गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यकतामा उनले जोड दिए । नेपाली निजी बैंकहरूले पनि साझेदारीका लागि जीसीएफलाई सम्पर्क गरिरहेका र चाँडै मान्यता प्राप्त हुने विश्वास व्यक्त गरे ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा हरित ऊर्जाका लागि १०० अर्ब रुपैयाँ विनियोजन गरेको बताए । ‘निजी क्षेत्रका लगानीकर्ताले पनि यो प्रवृत्तिलाई पछ्याइरहेको छ’ उनले भने । हिमालको रक्षा भएमा मात्रै विश्वका डेढ अरब मानिसको लागि आवश्यक पर्ने पानीको सुरक्षा हुने बताएका छन् ।

अर्थ मन्त्री शर्माले सन् २०३० सम्ममा जलवायु क्षेत्रमा ४५ अर्ब अमेरिकी डलरको सार्वजनिक–निजी लगानीको योजना बनाएको जानकारी दिए । त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको पनि आवश्यकता हुने बताए ।

उद्योग क्षेत्रले ऊर्जाको स्रोतको रूपमा जीवाश्म इन्धनको प्रयोगलाई उल्लेखनीय रूपमा घटाएको छ । विकसित अर्थतन्त्रहरूले वातावरण संरक्षणका लागि अहिले जीवाश्म इन्धनमा उल्लेखनीय कमी ल्याउनु आवश्यक रहेको बताए ।


Read Previous

पिपिए सहमतिका लागि माथिल्लो तमोर र कालीगण्डकी गर्जको सार्वजनिक सुनुवाई हुँदै

Read Next

तामाकोसीको विद्युत शनिबार प्रणालीबाट विच्छेद हुने,जलाशय र सेटलिङ बेसिनको सफाइ गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *