Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

३७औं वार्षिकोत्सवमा प्राधिकरणका १५ कर्मचारीसहित १७ कार्यालय तथा आयोजना सम्मानित


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३७औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यालयमा कार्यरत १५ जना कर्मचारीलाई सम्मानित गरेको छ । प्राधिकरणको बुधबार सम्पन्न वार्षिकोत्सव समारोहमा आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन स्वरुप यी कर्मचारीलाई सम्मानित गरिएको हो ।

उनीहरूलाई नगद २५ हजार रुपैयाँ र सम्मानपत्र दिएर सम्मानित गरिएको हो । प्राधिकरणका १२ हजार कर्मचारी मध्येबाट वर्षभरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीको छनोट गरी सम्मान गरिएको प्राधिकरण जनसाधन विभागका निर्देशक शिव अधिकारीले बताए ।

सम्मान प्राप्त गर्ने कर्मचारीमा कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्र प्रमुख पशुपतिराज गौतम, केन्द्रीय वर्कसप हेटौंडाका बुद्धिनाथ झा, आयोजना व्यवस्थापन निर्देशनालयका दीपककुमार भण्डारी, सामुदायिक विद्युतीकरण विभागका जयराम आचार्य छन् ।

यस्तै, वीरगन्ज वितरण केन्द्रका राजेशकुमार झा, जनशक्ति योजना तथा विकास शाखाका महेश्वर सत्याल, भक्तपुर–बानेश्वर–पाटन प्रसारण लाइन क्षमता अभिवृद्धि आयोजना प्रमुख शिवराम ताम्राकार, प्रणाली सञ्चालन विभागका प्रभातकुमार पंकज पनि वार्षिकोत्सव समारोहमा सम्मानित भएका छन् ।

सम्मानित हुने अन्य कर्मचारीमा प्रदेश–१ को प्रादेशिक कार्याल विराटनगरका आशुहाङ राई, केन्द्रीय भुक्तानी महाशाखाका नारायणप्रसाद न्यौपाने, कार्यकारी निर्देशकको सचिवालयका उपेन्द्र शिवाकोटी, सल्यान वितरण केन्द्रका विष्णु पाण्डे, त्रिशूली जलविद्युत केन्द्रमा कार्यरत सिकन्दर कापर र भक्तपुर वितरण केन्द्रकी सहयोगी धककुमारी पौडेल छन् ।

१७ कार्यालय तथा आयोजनालाई पनि सम्मान

३७औं वार्षिकोत्सवका अवसरमा १७ वटा कार्यलय तथा आयोजनालाई पनि सम्मान गरिएको छ । सम्मानित हुने कार्यालय तथा आयोजनामा चमेलिया जलविद्युत केन्द्र, गण्डक जलविद्युत केन्द्र, माटो, ढुंगा तथा कंक्रिट प्रयोगशाला, डडेलधुरा वितरण केन्द्र छन् ।

मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुर, बर्दघाट वितरण केन्द्र, रुकुम वितरण केन्द्र, मिर्चैया वितरण केन्द्र, काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना, २२० केभी काठमाडौं-मर्स्याङ्दी प्रसारण लाइन आयोजना पनि वार्षिकोत्सवका अवसरमा सम्मानित भएका छन् ।

लमही–घोराही प्रसारण लाइन तथा सबस्टेसन विस्तार आयोजना, २२० केभी कोसी कोरिडोर प्रसारण लाइन (तुम्लिङ्टार–इनरुवा खण्ड) आयोजना, १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना, सामान्य सेवा विभाग, प्राधिकरणको सिमरा वितरण केन्द्र, बुर्तिबाङ–मोतिपुर–सन्धिखर्क प्रसारण लाइन आयोजना पनि उत्कृष्ट कार्य सम्पादन गरेबापत सम्मानित भएका छन् ।

वर्षभरीमा उत्कृष्ट कार्यसम्मादन गर्ने कर्मचारी तथा कामदारलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सम्मानपत्र प्रदान गरिन् । प्राधिकरणले हरेक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा कार्यालय र आयोजनाको छनोट गरी सम्मानित गर्दै आएको छ ।


Read Previous

‘अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार कसैले नगर्नुहोस’

Read Next

पालो कुरिरहेका नदी प्रवाही आयोजनाको पीपीए हुन्छः ऊर्जा मन्त्री भुषाल

Leave a Reply

Your email address will not be published.