Nepal Purbadhar

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

बिहिबार, अशोज ४, २०८०
Thursday, September 21, 2023

वर्ल्डलिङ्कलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड


काठमाडौं ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले ‘प्रदेशको इमर्जिङ सेक्टर’का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ । प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो ।

यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तरार्ष्टि्रय स्तरको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेकोछ ।

 यस कम्पनीले  वर्तमान समयमा ६,४५,००० भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९,००० भन्दा बढि संघ सस्था, बैकं एवं वित्तिय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३००० भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापुर्वक नेटवर्क विस्तार गरि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।


Read Previous

चुनौतीबीच केबलकारमा लगानी बढाउँदै निजी क्षेत्र

Read Next

मध्यभोटेकोसीको पहिलो युनिट प्रणालीमा आउन १० महिना लाग्ने, ८६ प्रतिशत निर्माण सकियो

Leave a Reply

Your email address will not be published.