Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै ‘द लेकसाइड रिट्रिट’


काठमाडौ ।
पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।

आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको सो रिसोर्टले कर्पोरेट पाहुनालाई लक्षित गरी सुविधा थप गरेको हो ।

रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालका अनुसार, सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा दुई सय जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको छ ।

पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले जानकारी दिए ।

हरियालीसहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।

आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सन्चालनको तयारीमा रहेको छ ।


Read Previous

नारायणघाट–मुग्लिङ सडक १५ घण्टादेखि अवरुद्ध, खुल्ने अनिश्चित (फोटो फिचर)

Read Next

चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो

Leave a Reply

Your email address will not be published.