Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

चिप्लेबेँसी-स्यार्क्यु लाइन पुनर्निर्माणपछि मनाङकाे तिमाङ र थानचोकमा विद्युत पुग्यो


काठमाडौं । मनाङ जिल्लाको चामे गाउँपालिकास्थित १ नम्बर वडाकाे  तिमाङ र २ नम्बर वडाकाे थानचोक गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । १३ महिनाअघि बर्खाको बाढीले क्षतिग्रस्त ३३ केभी चिप्लेबेँसी-स्यार्क्यु प्रसारण लाइन पुनर्निर्माण भई सञ्चालनमा आएपछि भौगोलिकरूपमा विकट यी गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-५ स्थित चिप्लेबेँसी सबस्टेसनदेखि मनाङको स्यार्पु सबस्टेसनसम्मको २९ किलोमिटर प्रसारण लाइन पुनर्निमाण गरी सञ्चालन गरेर यी दुई गाउँमा विद्युत पहुँच विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण मनाङ वितरण केन्द्रका प्रशासन प्रमुख गुप्तबहादुर रानाले बताए ।

‘यी गाउँमा एक वर्षअघि नै विद्युत पहुँच विस्तार गर्न भनेर संरचना तयार गरी मिटर समेत जडान गरिसकिएको थियो,’ उनले नेपाल पूर्वाधारसँग भने,‘तर, गत वर्ष असारमा आएको भीषण बाढीले ठाउँ-ठाउँमा प्रसारण लाइनका संरचना बगाएपछि विद्युत पहुँच विस्तारको काम प्रभावित भयो । प्रसारण लाइनको पुनर्निमाण सकेर भर्खरै बनेको ३३/११ केभी स्यार्क्यु सबस्टेसन सञ्चालनमा ल्याएपछि अहिले २ गाउँमा विद्युत पुगेको छ ।’

उनले प्रसारण तथा वितरण प्रणालीको संरचना नहुँदा यी २ गाउँ विगत १३ महिनादेखि अन्धकारमा रहेको बताए । पहिले यी गाउँमा लघुजलविद्युत केन्द्रले उत्पादन गरेको विद्युत उपयोग हुँदै आएको थियो । गत वर्ष जेठमा आएको बाढीले लघुजलविद्युत केन्द्र बगाएपछि मनाङ वितरण केन्द्रले वितरण लाइन विस्तार गरी राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याउने प्रक्रियाको थालनी गरेको थियो ।

गाउँमा विद्युत पहुँच विस्तार गर्ने प्रक्रियामै रहेका बेला असारमा आएको बाढीले प्रसारण लाइनका संरचना बगाएपछि विद्युतीयकरणको कार्य पूर्णरूपमा प्रभावित हुन पुगेको थियो । प्राधिकरणले क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निमाण गरेपछि यी गाउँमा विद्युतीकरण विस्तार गर्न सम्भव भएको रानाले बताए ।

‘बाढीले प्रसारण लाइनमा ठूलो क्षति पुर्याउँदा सदरमुकाम चामे पनि अन्धकारमय थियो । ५ महिनापछि गत कात्तिकमा क्षतिग्रस्त स्थानीय लघुजलविद्युत केन्द्रको पुनर्निर्माण गरी यस क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिए पनि तिमाङ र थानचोक अन्धकारमय थिए’ उनले भने ।

प्रसारण लाइनको पुनर्निमाण गत बैशाखमै सम्पन्न भइसकेको हाे । प्राधिकरणले ३३/११ केभी स्यार्क्यु सबस्टेसन सञ्चालनमा ल्याएपछि यी गाउँमा विद्युत पहुँच पुर्याइएको हो ।

यो सबस्टेसन मार्फत तिलिचो ताल र थोरङ बेस क्याम्पसम्म विद्युतीकरण विस्तार गर्ने प्राधिकरणको योजना छ । मनाङ जिल्लामा पहिलो पटक २०७७ साल फागुनमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको थियो । पहिले लघुजलविद्युतबाट विद्युतीकरण गरिएको थियो ।


Read Previous

कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै ‘द लेकसाइड रिट्रिट’

Read Next

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत

Leave a Reply

Your email address will not be published.