Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

नारायणघाट–मुग्लिङ सडक १५ घण्टादेखि अवरुद्ध, खुल्ने अनिश्चित (फोटो फिचर)


काठमाडौं । नारायणघाट–मुग्लिङ सडक पछिल्लो १५ घण्टादेखि अवरुद्ध भएको छ । सोमबार राति ११ बजेदेखि अवरुद्ध भएको सडक अझ खुलाउन सकिएको छैन । यस सडकको केराबारीस्थित मौरी पुलको माथिल्लो सतहबाट लेदो बगेर जाँदा सडक अवरुद्ध भएको छ ।

‘बिहान ४ बजेदेखि सडक सफा गरिरहे पनि अझ सफल हुन सकेका छैनौ’ सडक डिभिजन भरतपुरका इञ्जिनिर सागर कार्कीले भने । मंगलबार दिउँसो १२ बजे पुन पहिरो आएपछि विहानदेखि गरेको काम समेत व्यर्थ भएको छ ।

डिभिजल कार्यालयले ४ वटा मेसिन लगाएर काम गरिरहेका छ । एउटा एक्जाभेटर, दुई वटा लोडर, एउटा जेसिबी र दुई वटा टिपर प्रयोग गरिरहेका छ ।
अहिले पनि त्यस क्षेत्रमा पानी परिरहेको छ । लगातार पानी परिरहेकाले लेदो पनि निरन्तर बगीरहेको छ ।

लेदोले पुलमुनिको भाग भरिएर अहिले पुलमाथिबाट समेत बग्न थालेको छ । ‘कतिबेला सम्ममा सडक सुचारु गर्न सकिने भन्न सकिने अवस्था छैन’ उनले भने । यसअघि सोमबार विहान ४ बजे बन्द भएको सडक ६ बजे खोलिएको थियो । त्यसकारण हिजो दिनभर सवारी सञ्चालन भएको थियो ।

 

फाेटाेः सडक डिभिजन भरतपुरमा कार्यरत इञ्जिनियर सागर कार्कीकाे फेसबुकबाट लिइएकाे हाे ।


Read Previous

२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै

Read Next

कर्पोरेट पाहुनाको लागि सुबिधा थप्दै ‘द लेकसाइड रिट्रिट’

Leave a Reply

Your email address will not be published.