Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

२ सय मेगावाट विद्युत प्रवाह हुने सुर्खेत–दैलेख प्रसारण लाइन निर्माण गरिँदै


काठमाडौं । कर्णाली प्रदेशको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार एवं गुणस्तरीय बनाउन १३२ केभी सुर्खेत–दैलेख डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन सबस्टेसनदेखि दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा प्रस्तावित सबस्टेसनसम्म प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

विद्युत प्राधिकरणले अध्ययन पूरा भइसकेको प्रसारण लाइन आयोजनाको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले विद्युत प्राधिकरणलाई प्रसारण लाइन निर्माणको अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

विभागले विद्युत प्राधिकरणलाई अनुमतिपत्र दिनुअघि पूरा गर्नु पर्ने प्रक्रियाका लागि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनिय प्रतिकुल प्रभाव पर्न सक्ने भएमा लिखित राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ ।

विद्युत प्राधिकरणले विद्युत ऐन २०४९ को दफा ४ मा भएका व्यस्था तथा विद्युत नियमावली २०५० को नियम १३ मा उल्लेखित व्यवस्था अनुसार प्रसारण लाइन निर्माणको अनुमति प्राप्त गर्न विभागमा आवेदन दिएको थियो । नियमावली २०५० को नियम १५ बमोजिम आवश्यक जाँच बुझ गरी नियम १६ मा भएको व्यवस्था अनुसारको विवरण खुलाई सम्बन्धित सरोकारवालाको लिखित राय/सुझावका लागि ३५ दिने सूचना सार्वजनिक गरिएको विभागले जनाएको छ ।

सम्बन्धित सरोकारवालालाई विद्युत प्राधिकरणको प्रधान कार्यालय वा विभागको कार्यालयलाई प्राप्त हुने गरी लिखित राय सुझाव पेश गर्न आग्रह गरिएको छ ।३२ किलोमिटर लामो यो प्रसारण लाइन निर्माण सम्पन्न हुँदा २ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

प्रसारण लाइन आयोजना अन्तर्गत सुर्खेत सबस्टेसनमा ‘बे’ विस्तार गरी स्तरोन्नति गरिनेछ भने दैलेखको चुप्रामा नयाँ सबस्टेसन निर्माण गरिनेछ ।अध्ययन अनुसार प्रसारण लाइनको रुटमा ८८ वटा एङ्गल टावर र १९ वटा सस्पेन्सन टावर निर्माण गरिनेछ । प्रसारण लाइनमा एसिएसआर ‘बेयर’ कन्डक्टर जडान गरिने छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि कूल ६२.३१२ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने अध्ययनले देखाएको छ । जस अन्तर्गत प्रसारण लाइनको रुटको अधिकार क्षेत्रका लागि ५५.३५ हेक्टर, टावर निर्माणका लागि २.४०९ हेक्टर, दैलेख सबस्टेसन निर्माणका लागि ३.०५३ हेक्टर र भण्डार तथा शिविरका लागि १.५ हेक्टर जग्गाको उपयोग हुनेछ ।

प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे–आरओडब्ल्यु) विद्युत नियमावली २०५० मा भएको व्यवस्था अनुसार न्युनत दुरीमा नघटाई प्राविधिक दृष्टिकोणबाट कूल १८ मिटर (मध्य विन्दुबाट ९÷९ मिटर दायाँ–बायाँ) कायम गरिने भएको छ ।
विद्युत प्राधिकरणले निर्माण अनुमति पाएको ३ वर्षभित्रमा प्रसारण लाइन र सबस्टेसन आयोजना सम्पन्न गरिसक्नु पर्ने विभागले जारी गरेको सूचनामा भनिएको छ ।


Read Previous

पूर्व जलस्रोत सचिव ढुंगेलको ‘चक्रव्युहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक

Read Next

नारायणघाट–मुग्लिङ सडक १५ घण्टादेखि अवरुद्ध, खुल्ने अनिश्चित (फोटो फिचर)

Leave a Reply

Your email address will not be published.